मैले गरेको प्रेम…


मैले गरेको प्रेम…

म एक प्रेमी थिए तर उसले मलाई एकपल्ट पनि प्रेम गरेन। म प्रेममा हारेकी थिए, तर उसले मेरो भावनाहरुको कहिल्यै कदर गरेन। मेरो उदासीपनमा, एक्लोपनमा अनि मनको हरेक कुनामा केवल उसका मात्र याद हुन्थे तर कहिल्यै उसले मेरो प्रेम स्विकार नै गरेन। उसको नजिक हुन मन पराउने म, म संग टाढा हुने कुराले खुसी हुने गर्थ्यो उ।

उसलाई नदेख्नु पर्ने थियो… देखेपनी नभेट्नु थियो……
उ बिना उ संगका सपनाहरु बुन्न मैले संकोच मान्नुपर्ने थियो… म बाट हामी भई उसलाई मेरो आधा बनाउने यो रहरले मेरो आधा जीवन आशुमा डुबेको तथ्य निश्चल मेरा आसुका ढिकाहरुलाई मात्र थाहा छ। कहिकतै सुनेकि थिए जहाँ दुई हुन्छन त्यहा कहिल्यै प्रेम हुन सक्तैन तर हामी त नितान्त दुई थियौ । उसको लागि म एक अपरिचित थिए भने म उसका लागि समर्पित एक पागल प्रेमी को उपनाम ले चिनिन्थे। उ हामीबाट उछिट्टिएर म बनेको थियो अनि म उ बाट बिछोडिएर शून्य।

तिम्रो अहमको अगाडी मेरो प्रेमको रत्तिभर पनि मूल्य छैन। दोष त केवल मेरो आफ्नै भावनाहरुको हो। अब एकचोटी फेरि प्रेम गर्न मन छ मलाई तिमिसंग तर यो पटक धोकेबाज म बन्छु नि है? भावनाका कुराहरुमा अब मलाई इत्ति पनि बिस्वास छैन, गहिरो याद बनाई हृदयसंग मिठो सामिप्यता राखी मनलाई टुक्राटुक्रा अनि शब्दहरुलाई मौन बनाई दोबाटोमा जो छोडेर जान्छन। तिम्रो साथको लालच होइन मलाई तर एक पटक हेर्नु छ कि मेरा टुक्रेका यी मनहरुले तिमिलाई कति पटक प्रेम गर्न सक्दो रहेछ, मलाई हेर्नू छ कि आफ्नै भावनाहरुले मलाई कति पटक बिचलित बनाउदो रहेछ। जिउदो लास भएको मेरो मन बेखबर भएको कुरा तिम्रो अहमताले सायदै नबुझ्ला तर एकपटक हेर्नू छ कि मेरो सहजताले तिम्रो अहमता संग कसरी नजर जुधाउने छ।

रोक्न खोजेर निर्मोही यो समय कहाँ रोक्किन्छ र… हिजो तिमी मेरो थियौ, आज अरु कसैको…हिजो म हरेकपल हासिरहेकी हुन्थे……आज सबै पल रोदन मा नै बित्छन। समयले दिएको चोट त ढिलो चाढो समयले नै भर्देला तर माया तिमिले दिएको चोट को म के गरु? तिमिलाई फेरि पनि प्रेम गरि ती चोट तिमिलाई नै फिर्ता दिने अवसर त मैले पाउदिन होला अनि पाए पनि तिमिलाई चोट दिन म सक्तिन होला तिमीले कठिन बनाएको मेरो समयहरु एकदिन तिम्रो घडिमा पनि आउनेछ म यसमा बिश्वस्त छु। मेरो प्रेम अनन्त आकाश माथी क्षितिज बनेर प्रतीक्षा गरिरहदा तिमी हरेक पल्ट बादल बनी बर्सिने गरेको कुरा मेरा कोमल आखाहरुले सहन सक्दैनथे। तर पनि तिम्रो अहमताबाट अघाउन नसक्ने म तिम्रै कारणले सिरानी भिजाउदै बस्नु को अरु बिकल्प हुदैनथ्यो। जिवनको मूल्य आँसु त थिएन तर तिमिसङ भेटेपछी थाहा पाए कि आशुको समुद्र माथि नै जीवन तैरिने रहेछ । हरेक दिन मृत्यु को कामना गर्दा तिम्रा यादहरुले मलाई मेटिन प्रेरित गर्थ्यो खासमा मिटिनु पर्ने त तिमी प्रतिको मेरो प्रेम थियो। प्रेमका भावहरु समेट्दै गर्दा वियोगका बेदनहरुलाई अक्षरमा ब्यक्त गर्न म सक्तिन। मेरा शब्दहरु म आफ्नैको लागि खर्चिन पर्दा लाग्छ तिम्रा यादहरुको पुस्तक बनाई बेचिदिउ, तर तिम्रा यादहरु यति महँगा छन कि कोहि कसैले किन्न नै सक्तैन। मेरो हरेक सास बनेका थियौ तिमी! केहि छिन सास रोकेर आँखा चिम्म गरेकी मात्र थिए आभास भयो कि एकचोटी फेरेको श्वास म सङ फेरि पनि हुदैन त्यो त अनन्त आकाशमा कहि कतै भुलिसकेको हुन्छ। अनि आफै बुझे कि अब तिमी मेरो हुन सक्तैनौ।

 सबै उस्तै उस्तै तिमिजस्तै देख्छु आजकल यो शहरमा । मेरो प्रेम तिम्रो लागि गलत थियो कि त म तिम्रो लागि गलत थिए किनकी तिम्रो अहमता भित्र मैले आफैलाई हराएकी थिए त्यो पल। छट्पटी र तडपनको भेल ले कुनैदिन मेरो सारा जीवन बगाएर लान्छ भन्ने थाहा हुदाहुदैपनी, चितामा जलाईसकेको मान्छे फेरि पनि फर्केर आउदैन भन्ने थाहा हुदाहुदै पनि मेरो सास रहुन्जेल तिम्रै पर्खाईमा बस्छु भन्ने अठोट भन्दा कयौ गुना ठूलो थियो तिम्रो अहमता जस्ले मेरो भावनालाई कहिल्यै बुझेन। सानू, मैले जसरी तिमिलाई चाहने यदि कोहि आए भने मलाइ भन्न नभुल्नुत्यो दिन म तिम्रो यादहरु पखाल्न जिवनभन्दा तल समुद्रमामाथी हामफाल्न चाहन्छु। यसर्थ मा कि भलै देखाउन नसकेका पिडाहरु नदेखिएलान तर चुहाउन नसकेका यी बेहिसाव आशुहरु त्यही समुद्रमा मिसिएर बग्ने छन।

जिन्दगिमा एउटा यस्तो घुम्ती आउनेछ जहाँ  हामी एकार्काको सामुन्ने हुनेछौ… तिमी र म जुन गल्ली मा संगै शिर उठाएर हासेका थियौ त्यही गल्लिमा शिर झुकाउदै आँसु खसाल्न पर्ने छ। एकदिन त अवस्य आउनेछ जुन दिन तिमिले हेर्न नचाहेको मेरो अनुहार हेर्नू पर्ने छ।
पाउनुको अर्थ के ?  पाएर पनि गुमाउनु को अर्थ के??तिमिलाई पाएर पनि गुमाएकी मैले म आफ्नै अर्थ खोज्न भौतारिरहेकी छु। म स्वयम् आफै समुद्रमाथी डुबेर तिमिलाई जिवनमाथी तैराउनु को अर्थ के ? जब तिमी र म फेरि पनि हामी बन्न सक्तैनौ तब प्रेमरुपी यी लेखिएका अक्षरहरुको अर्थ के?

आज बाटोमा घर फर्किदै गर्दा जुन गल्लिमा तिमिले मलाई लत्याएको थियौ अरु कसैको साथ मा देखे, सायद उसलाई बिस्वासको परिभाषा दिदै थिए । तिमिलाई नराम्रो लाग्ला यदि मलाई सुन्दै छौ भने, तर अक्सर तिमी सम्झेर रुने मलाइ त्यहा खित्का छाडेर हास्न मन लाग्यो। तर तिम्रो अघि पर्न मन थिएन र लाचार भै हिडे त्यहाबाट। रहरै रहरको जालोमा अड्केको बेसाहारा सपनाहरुबिच अल्झिरहदा भक्कानिएको यो मुटुलाई शरिरबाट केही बेर झिकी बाहिर राखिदिन मन लागेको छ प्यारा काश म सक्थे त। हागाबाट उछिट्एर भुईमा खसेका पातहरु दुनियाले कुल्चिएको दृश्य देखे मलाइ मेरो मुटु यसरी बेवारिसे भएको कुरा कल्पनामा पनि भयानक लाग्यो अनि म पछि हटे तर पनि पछि हट्नुको के अर्थ जब मेरो मुटु मेरो बशमा नै छैन भने। त्यो समय, त्यो शब्द, यो दिन अनि यी रातहरु तिम्रै नाममा गरेझै अन्ध्यारो कोठामा एकसरो तन्दा अनि एउटा सिरानी च्यापेर ओल्टे कोल्टे परिरहदा भित्ताहरुमा तिम्रा चम्किला अनुहारहरु देख्छु जसले मलाई एकहोरो जिस्काइराखेका हुन्छन। म किन यति धेरै प्रेम गर्छु तिमिलाई ? यहि प्रश्नको साथमा फेरि पनि तिमिमै हराउन बाध्य हुन्छु अनि म।

सुनन प्यारा, तिम्रो लागि म धेरै रोए है? बितिसकेको कुरा सम्झेर मन चिस्याउन रहर छैन मलाई, अतितका ती दागहरुलाई खुसिले एकदिन पक्कै पनि भर्नेछु। धेरैले छोडेर गाएको मलाई अब त बानी पर्यो… तिमिले नि छोडेर नै गयौ। फरक यत्ती हो कि तिम्रा यादहरुले चै मेरो अन्तिम सास रहुन्जेल सम्म पनि साथ छोड्दैनन। हेर त!!कति बफादार छन तिम्रा यादहरु म प्रति।
मुस्कुराउदै; आजकल जिउने रहर जागेको छ मलाई भन्न सक्ने दिनको प्रतीक्षामा छु। वास्तबमा वाक्यमै सिमित जिवित रहने रहरहरुको त उहिलेनै हत्या भैसकेको छ। म त बस मैले  तिमिलाई गर्ने प्रेम बाट छुट्कारा पाउने कोशिश गरिरहेकी छु, बस कोशिशहरुले घन्टा, दिन, हप्ता अनि महिना गर्दै बर्सौ पार गरे, तिमी बेला बेला आफ्नो घडी हेर्दै गर्नु, कतै तिम्रो कठिन समय यहि नै त होइन।


पुजा गजुरेल 
नुवाकोट, बेलकोटगढी-९