अमेरिकालाई साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्दछु : विप्लव


अमेरिकालाई साम्राज्यवादी गतिविधि रोक्न आग्रह गर्दछु : विप्लव

काठमाडौँ- नेकपा महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले अमेरिकालाई द्धन्द्ध र अशान्ति गर्ने साम्राज्यवादी गतिविधि रोक्न आग्रह गरेका छन् । विप्लव नेतृत्वको अन्तराष्ट्रिय विभागले जारी गरेको विज्ञप्तिमा अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनको अनुमतिबिना ताइवान भ्रमण गरेर द्धन्द्ध निम्याउन खोजेको उल्लेख गरेका छन् । 

विश्वका सबै देशहरुले ताइवानलाई चीनको भूभाग मानिरहेको सन्दर्भमा एक चीन नीति विपरित पेलोसीले भ्रमण गरेको विप्लवले बताएका छन् । ‘यो भ्रमणले चीन र ताइवानबीच थप द्धन्द्ध मात्रै चुलिएको छैन । एक स्वाधीन राष्ट्रमाथि अमेरिकी साम्राज्यवादले आफ्नो पुरानो चरित्र फेरी नांगो रुपमा विश्व सामु देखाएको छ’ विज्ञप्तिमा उल्लेख छ ।