पेट्रोलियम पदार्थको मूल्य बिरुद्द अनेरास्ववियुको प्रदर्शन


पेट्रोलियम पदार्थको मूल्य बिरुद्द अनेरास्ववियुको प्रदर्शन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दै नेकपा एमालेका कार्यकर्ताहरुले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शन गरिएको हो । 

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।

अनेरास्ववियुले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने माग गरेको छ । 

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ । मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको छ ।