नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा


नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा

नेपाली चलचित्र पानीफोटो आजबाट प्रदर्शनमा आएको छ । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा रहेको फिल्म आजबाट देशभरका सिनेमा हलबाट प्रदर्शन सुरु भएको हो ।
नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण गरिएको छ ।

जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रमा देख्न सकिन्छ । चलचित्रमा लेखक एवं निर्देशक लामिछानेबाहेक अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको शीर्ष भूमिका छ ।

‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता सफल नेपाली चलचित्रहरु निर्माण गरेको टुकी आर्ट्स प्रालिले मञ्जुश्री फिल्म प्रोडक्सनसँगको सहकार्यमा ‘पानीफोटो’ निर्माण गरेको भएको हो ।