काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए


काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

 काठमाडौं- काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए । काठमाडौं प्रहरीका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे  रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् । 
विभत्स हत्या गरिएको अवस्थामा फेला परेका उनीहरुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेको देखिएको छ । सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।