पदमश्री पुरस्कारका लागि ५ पुस्तक छनोट


पदमश्री पुरस्कारका लागि ५ पुस्तक छनोट

यो वर्षको पदमश्री पुरस्कारका लागि ५ वटा पुस्तक छनोट भएका छन् । खेमकला हरिकला समाज कल्याण प्रतिष्ठानले पुस्तक छनोटका लागि गठन गरेको खुल्ला स्वतन्त्र निर्णायक समितिले ५ वटा पुस्तक पुरस्कारका लागि सिफारिस गरेको हो । सिफारिस भएका पुस्तकहरुमा डा.नवराज लम्सालको अग्नि, केशवराज ज्ञवालीको अर्को भोर, उषा हमालको भिक्षुसँग प्रेम, दीपक पराजुलीको मिथ्या र केवल बिनाबीको  यादहरुको सङ्ग्राहलय रहेका छन् । 

समितिले सुरुमा २०७८ सालभित्र प्रकाशित भएका १५ वटा पुस्तक छनोट गरेको थियो ।  छनोट भएका १५ वटा पुस्तकको नाम प्रतिष्ठानले असार १५ गते सार्वजनिक गरेको थियो ।

 उक्त विस्तारित सूचीमा परेका पुस्तकहरुमध्येबाट (कृति) समितिले थप अध्ययन र मूल्याङ्कन गरी ५ वटा पुस्तक छनोट गरेर प्रतिष्ठानलाई उपलब्ध गराएको र अन्तिम चरणमा यिनै ५ वटा कृतिहरुमध्येबाट पुरस्कृत पुस्तक(कृति) चयन गरिने संस्थाका अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन् ।