लोकसेवा आयोग : नेपाली साहित्य सम्बन्धि सम्भावित महत्त्वपूर्ण प्रश्नोत्तरहरु


लोकसेवा आयोग : नेपाली साहित्य सम्बन्धि सम्भावित महत्त्वपूर्ण प्रश्नोत्तरहरु
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “नेपाली साहित्य सम्बन्धि सम्भावित महत्त्वपूर्ण प्रश्नोत्तरहरु”  प्रस्तुत गरेका छौ । 

१. नेपाली साहित्यको बिकासक्रमलाई कति भागमा बिभाजन गरिएको छ?

 – तिन भागमा (प्राथमिक काल, माध्यमिक काल र आधुनिक काल)

२. नेपाली साहित्यको सबैभन्दा पहिलो रचना कुन हो?

– पृथ्बीनारायण शाह नामक कविता, लेखक- सुवानन्द दास

३. नेपाली भाषाका पहिला कबि कसलाई मानिन्छ?

– सुवानन्द दास

४. नेपालको पहिलो उपन्यास कुन हो?

– सुमति

५. नेपालमा प्रज्ञाप्रतिष्ठानको स्थापना कहिले भएको थियो?

– वि.स.२०१४ असार ९

६. युग कबि भन्नाले कसलाई चिनिन्छ?

– सिद्धिचरण श्रेष्ठ

७. नेपाली साहित्यका वेदव्यास भनि चिनिने साहित्यकार को हुन्?

– हेमाङ्ग दिक्षित

८.जापानी भाषामा अनुवाद भएको नेपालको पहिलो कृति कुन हो?

– सेतो बाघ (डायमन समशेर)

९. सबैभन्दा धेरै भाषामा अनुवाद भएको नेपाली साहित्य कृति कुन हो?

– कालो सुर्य (भरत जंगम)

१०. हिटलर र यहुदी कृतिका लेखक को हुन्?

– वि.पी. कोइराला

११. पहिलो सामाजिक उपन्यास कुन हो?

– रूपमती (रुद्रराज पाण्डे)

१२. Faces of Nepal कृतिका लेखक को हुन्?

– हर्क गुरुङ र जान साल्टर

१३. नेपाली साहित्यमा पीएच.डी. गर्ने प्रथम नेपाली को हुन्?

– बासुदेव त्रिपाठी

१४. नेपाली नाट्य जगतका सेक्सपियर भनि कसलाई चिनिन्छ?

– बालकृष्ण सम

१५. हास्यव्यंग विधाका प्रसिद्ध नेपाली साहित्यकार को हुन्?

– भैरव अर्याल

१६. नेपाली साहित्यमा गजल लेख्ने पहिलो व्यक्ति को हुन्?

– मोतीराम भट्ट

१७. नेपालका राष्ट्रकवि भनि कसलाई चिनिन्छ?

– माधवप्रसाद घिमिरे (वि.स.२०६० असोज १ गते प्रदान गरिएको)

१८. आगो र पानी कृतिका सर्जक को हुन्?

– बालकृष्ण सम

१९.जनकवि केशरि को हुन्?

– धर्मराज थापा

२०. संगीत सिरोमणि भन्नाले कसलाई चिनिन्छ?

– यज्ञराज शर्मा

२१.भारत ज्योती पुरुस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन्?

– दिर्घसिंह बम

२२. आसुकवि भन्नाले कसलाई चिनिन्छ?

– शम्भुप्रसाद दुंगेल

२३. २००७ को म्यागासेस पुरुस्कार नेपालबाट कसले पाएको हो?

– महाबिर पुन ( ग्रामिण संचार विधामा)

२४.नेपाली भाषाको सबैभन्दा ठुलो सब्दकोस कुन हो?

– नेपाली शब्द सागर (बसन्तकुमार शर्मा)

२५. नेपालको पहिलो निबन्ध कुन हो?

– पृथ्बीनारायण शाहको दिव्योपदेस

२६.किरात वेद भनी चिनिने मुन्धुमका लेखक को हुन्?

– इमानसिंह चेम्जोङ

२७. नेपाली साहित्यका प्रथम सहिद को हुन्?

– सुब्बा कृष्णलाल अधिकारी

२८. नेवारी साहित्यका महाकवि को हुन्?

– सिद्धिदास अमात्य

२९. रघुवंसका लेखक को हुन्?

– महाकवि कालिदास

३०. नेपाली भाषामा लेखिएको पहिलो नाटक कुन हो?

– हास्य कदम्ब

३१. नेपाली साहित्यको पहिलो साहित्यिक पत्रिका कुन हो?

– सुन्दरी

३२. सर्वप्रथम मदन पुरुस्कार पाउने कृति कुन हो?

– मन (लिलाध्वज थापा)

३३. दमिनी भिर उपन्यासका लेखक को हुन्?

– राजन मुकारुङ

३४. कर्णाली ब्लुज कृतिका लेखक को हुन्?

– बुद्दिसागर

३५. नेपाली साहित्यको प्रथम नारी महाकाव्यकार को हुन्?

– बुनु लामिछाने (याचना महाकाव्य)

३६.भजन शिरोमणि भनि कसलाई चिनिन्छ?

– भक्तराज आचार्य

३७. लिम्बु भाषामा लेखिएको पहिलो उपन्यास कुन हो?

– थत्थामा

३८.मैथली साहित्यका महाकवि को हुन्?

– विधापति

३९. सनेसा कुन भाषासंग सम्बन्धित पत्रिका हो?

– भोजपुरी

४०.नेपालको पहिलो महिला लेखिका को हुन्?

– ललित त्रिपुरा सुन्दरी

४१. मगर भाषाका आदिकवि को हुन्?

– रेखबहादुर थापा मगर

४२.साहित्यमा कति रस रहेका छन्?

– नौ रस

४३.नेपाल भाषाको प्रथम उपन्यास कुन हो?

– मिसा( नारी),धुस्वा सायमीद्वारा लिखित

४४.भुजीमोल लिपि कुन भाषाको हो?

– नेवार

४६. मदन पुरुस्कारको स्थापना कहिले भएको हो?

– वि.स. २०१२ (हाल मदन पुरुस्कार को रासी ४ लाख छ)

४७. सर्वप्रथम मदन पुरुस्कार पाउने व्यक्ति को को हुन्?

– सत्यमोहन जोशी, चित्तरंजन नेपाली र बलराम जोशी

४८. पल्पसा क्याफे र मयुर टाइम्स कृतिका लेखक को हुन्?

– नारायण वाग्ले

४९. इतिहास शिरोमणि भन्नाले कसलाई चिनिन्छ?

– बाबुराम आचार्य

५०. आधुनिक कवि भन्नाले कसलाई चिनिन्छ?

– गोपालप्रसाद रिमाल


भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ, यहाँहरुकै परिचय सहित प्रकाशित गर्नेछौ :
ईमेल – lekhapadhimedia@gmail.com