देउडा गायक हरिश्चन्द्र कडायतको निधन


देउडा गायक हरिश्चन्द्र कडायतको निधन

धनगढी- देउडा गायक हरिश्चन्द्र कडायतको निधन भएको छ । गायक कडायतको बुधबार मस्तिष्कघातका कारण निधन भएको छ । 

कडायतको ५४ वर्षको उमेरमा निधन भएको हो । “मष्तिस्कघाटका कारण उहाँको पछिल्लो ५,६ दिनदेखि नवजीवन अस्पतालमा राखेर उपचार भइरहेको थियो । तर त्यहाँबाट स्वास्थ्यमा सुधार नदेखिएपछि उहाँलाई धनगढीकै प्रादेशिक अस्पतालमा लगियो ।  तर बचाउन सकिएन । उहाँको आज बिहान ९ बजे सेती प्रादेशिक अस्पताल धनगढिमा निधन भएको हो,” उनले भने । 

“कर्नाली का भेल कालीको लडकन्या माछो “साथै “मेरा खेल्न्या खेल को आयो बिरानो मान्छेयो” गित बाट चर्चित हुनु भयका गायक तथा शब्द सर्जक हरिश्चन्द्र कडायत सुदूरपश्चिमको बझाङमा जन्मिएका देउडा गायक कडायत २०५० देखी ०६० को दशकका लोकप्रिय थिए ।