प्र्याङ्क भिडियोको नाममा महिला माथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ


प्र्याङ्क भिडियोको नाममा महिला माथि अभद्र व्यवहार गर्ने युट्युबर पक्राउ

 काठमाडौं । प्र्याङ्क भिडियो बनाएर महिलालाई अभद्र व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।

युट्युब च्यानलमा प्र्याङ्क भिडियो बनाउन बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर-गहना नदिए एसिड हान्छु’ भन्ने नवलपरासीका २६ वर्षीय प्रदीप भनिने पूर्णचन्द्र भुसाल पक्राउ परेका प्रहरीले जनाएको छ । 

भुसालले बनाएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो । त्यसपछि प्रहरीले यो घटनामा अनुसन्धान थालेको थियो ।

उनलाई साइबर ब्यूरोको टोलीले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट पक्राउ गरेको एसपी पशुपतिकुमार रायले बताए ।

उनका अनुसार भुसालमाथि विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसूरमा ७ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।