जुँगावाली शिजा; जुँगा पालेर अधिक खुशी


जुँगावाली शिजा; जुँगा पालेर अधिक खुशी

एजेन्सी- भारतीय महिला अहिले सामाजिक सञ्जालमा जुँगा पालेर चर्चामा छिन् । उनी भारतको दक्षिणी केरला राज्यको कान्नुर जिल्लामा बस्छिन् । उनि हुन् शिजा । 

फेसबुकमा जुँगासहितका उनका तस्बिर देखेपछि उनलाई अधिकांशले किन जुँगा पालेको भनेर सोध्ने गर्छन् । कतिले त व्यक्तिगत रूपमा भेट्न पनि खोज्छन् । उनलाई आफूबारे भइरहेका टिप्पणीसँग मतलब छैन । बरु चिटिक्क परेको जुँगासहितको तस्बिर राखेर ह्वाट्सएपमा उनले लेखेकी छन्, “मलाई जुँगा मनपर्छ ।” शिजा भने ‘जुँगा मनपर्ने’बाहेक अरू केही कुरा थाहा नभएको बताउँछिन् । 

अधिकांश महिलाको जस्तै उनको ओठमाथि पनि धेरै वर्षदेखि मसिना रौँ थिए । नियमित रूपमा आँखीभौँ थ्रेडिङ गराउँदा उनले कहिले पनि माथिल्लो ओठमाथिको रौँ हटाउनेबारे सोचिनन् । करिब पाँच वर्ष अघि बाक्लिँदै गएको रौँले जुँगाको आकार लिन थाल्यो । उनलाई त्यसले दुखी बनाउनुको सट्टा झनै खुसी बनायो । उनले जुँगा पाल्ने नै निर्णय गरिन् ।

आफ्नो जुँगा मोहबारे उनी भन्छिन्, “अब म जुँगा नपालेर बस्ने कल्पना पनि गर्न सक्दिनँ । कोभिड महामारीका बेला त मैले जुँगा छोपिने भएपछि मास्क लगाइनँ । अरू के कुरा गर्नु ।”

यसबारे उनी भन्छिन्, “जुँगा भएकै कारण नराम्री देखिन्छु जस्तो मलाई कहिल्यै लागेन । साथै मैले जुँगा पाल्नु हुन्न जस्तो महशुस पनि भएन ।”

गिनिज वर्ल्ड रेकर्डका अनुसार सन् २०१६ मा हरनाम कौर पूर्ण रूपमा दाह्री पाल्ने विश्वकै सबैभन्दा कम उमेरकी महिला बन्न सफल भएकी थिइन् ।