भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त


भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त

काठमाडौँ- चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । 

गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् ।

केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।