टोखा–छहरे सडकखण्ड पहिरोका कारण अवरुद्ध


टोखा–छहरे सडकखण्ड पहिरोका कारण अवरुद्ध

काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका ६ गुर्जे भञ्ज्याङमा आज बिहान पहिरो खसेको छ ।

बिहान सवा ३ बजे खसेको पहिरोका कारण टोखा–छहरे सडकखण्ड अवरुद्ध भएको छ ।  

सडक अवरुद्ध हुँदा काठमाडौं–नुवाकोट जाने आउने सवारी साधन प्रभावित भएका छन् ।

अवरुद्ध सडकखण्ड खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।