लोकसेवा आयोग : मुलुकको अर्थतन्त्र, आर्थिक मामिलाका महत्त्वपूर्ण प्रश्नोत्तर


लोकसेवा आयोग : मुलुकको अर्थतन्त्र, आर्थिक मामिलाका महत्त्वपूर्ण प्रश्नोत्तर
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “मुलुकको अर्थतन्त्र, आर्थिक मामिलाका महत्त्वपूर्ण प्रश्नोत्तर”  प्रस्तुत गरेका छौ । 

१- विकासका दृष्टिकोणले नेपाललाई कस्तो मुलुकका रुपमा चिनिन्छ?

  •  अतिकम बिकसित मुलुक

२-  नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी कुन क्षत्रको योगदान छ?

  • कृषि

३-  नेपालले कस्तो अर्थतन्त्रलाई अवलम्बन गरेको छ?

  • मिश्रित अर्थ व्यवस्था

४- मिश्रित अर्थ व्यवस्थाको सिद्धान्तका प्रतिपादक को हुन्?

  • जे.एम. किन्स

५- नेपालको अर्थतन्त्रका तिन खम्बा भन्नाले कुन-कुन क्षेत्रलाई बुझिन्छ?

  •  सार्वजनिक, निजि र साझेदारी

६- नेपालले बिश्व ब्यापार संगठनको सदस्यता कहिले प्राप्त गर्यो?

  • सन् २००४ मार्च १३

७- नेपाल बिश्व ब्यापार संगठनको कति औ सदस्य राष्ट्र हो?

  •  १४७ औ

८- नेपाल सरकारले बैदेशिक रोजगार विभागको स्थापना कहिले गरेको हो?

  • वि.स.२०६५ पौष १६

९- सरकारले बैदेशिक रोजगार नीति कहिले ल्याएको हो?

  •  वि.स. २०६८

१०- नेपालमा बैदेशिक ऋण कहिलेदेखि लिन थालिएको हो?

  • दोस्रो योजनाकाल, आ.व.२०१७/१८

११- नेपाललाई सबैभन्दा पहिला बैदेशिक सहायता गर्ने राष्ट्र कुन हो?

  • अमेरिका

१२- नेपाललाई सबैभन्दा बढी बैदेशिक सहायता गर्ने राष्ट्र कुन हो?

  • जापान

१३- नेपालमा कहिलेदेखि सरकारी खर्चलाई चालु र पुजीगत खर्च गरि विभाजन गर्न थालियो?

  • आ.व.२०६१/६२ देखि

१४- नेपालको आर्थिक वर्ष कुन दिन देखि सुरु हुन्छ?

  • श्रावन १

१५- नेपालमा सर्वप्रथम उधोग परिषद्को गठन कहिले गरियो?

  •  वि.स. १९९३

१६- नेपाल औधोगिक विकास निगम को स्थापना कहिले भएको हो?

  •  वि.स. २०१६

१७- नेपालको पहिलो औधोगिक क्षेत्र कुन हो?

  •  बालाजु औधोगीक क्षेत्र

१८-  नेपालमा सबैभन्दा पहिला स्थापना भएको उधोग कुन हो?

  •  बिराटनगर जुटमिल

१९- नेपालको सबैभन्दा ठुलो औधोगिक क्षेत्र कुन हो?

  • हेटौडा औधोगिक क्षेत्र

२०- नेपाल औसधि लिमिटेड कुन मन्त्रालय अन्तर्गत पर्छ?

  •  उधोग मन्त्रालय

२१- नेपालमा निजीकरण ऐन कहिले आएको हो?

  •  वि.स. २०५०

२२- नेपालमा हाल कति ओटा औधोगिक क्षेत्र रहेका छन्?

  •  ११ वटा

२३-  औधोगीक प्रवर्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ?

  •  उधोगमन्त्री वा राज्यमन्त्री

२४- नेपालमा उत्पादन हुने प्रमुख औधोगीक बाली केके हुन्?

  •  सनपाट(खैरो बाली), उखु र सुर्ती

२५- नेपाल बैंक को स्थापना कहिले भएको हो?

  •  वि.स. १९९४ कार्तिक ३०

२६- सहकारी बिभागको स्थापना कहिले भएको हो?

  •  वि.स.२०१०

२७- नेपालमा कागजी नोटको सुरुवात कहिलेबाट भएको हो?

  •  वि.स.२००२ असोज १

२८- नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो?

  •  वि.स.२०१३ बैसाख १४

२९- नेपाल राष्ट्र बैंकको सन्चालक समितिमा अध्यक्ष सहित कति सदस्य हुन्छन?

  •  ७ जना

३०- नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति कसले गर्दछ?

  •  नेपाल सरकार, मन्त्रिपरिषद

३१- नेपाल राष्ट्र बैंकको गभर्नरको पदावधि कति वर्ष को हुन्छ?

  •  ५ वर्ष

३२- नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर को हुन्?

  •  हिमालय समशेर जवरा

३३- नेपाल राष्ट्र बैंकको लेखा परिक्षण कसले गर्दछ?

  •  महालेखा परिक्षक

३४- SEZ भन्नाले अर्थतन्त्रको शब्दमा के बुझिन्छ?

  •  बिशेष आर्थिक क्षेत्र (special economic zone)

३५- नेपालमा धितोपत्र कारोबार कहिलेबाट सुरु भएको हो?

  • वि.स.२०५०

३६- नेपाल राष्ट्र बैंक हुनु अगाडि यसको कार्य कुन निकायले गर्थ्यो?

  • सदर मुलुकिखाना

३७-  नेपाली मुद्रा लाई कहिलेदेखि ने.रू. लेख्न थालिएको हो?

  •  वि.स.२०१६ श्रावन १४ (पहिले मो.रू. लेखिन्थ्यो)

३८-  नेपालको पहिलो बाणिज्य बैंक कुन हो?

  •  नेपाल बैंक लिमिटेड

३९-  राष्ट्रिय बाणिज्य बैंकको स्थपना कहिले भएको हो?

  •  वि.स.२०२२ माघ १०(सबैभन्दा ठुलो बाणिज्य बैंक)

    ४०- कृषि विकास बैंक को स्थापना कहिले भएको हो?

  •  वि.स.२०२४ माघ ७

४१- नेपालको निजि क्षेत्रमा स्थापित पहिलो बिमान सेवा कुन हो?

  •  नेपाल एयरवेज

४२- मनोकामना केवलकारको सन्चालन कहिले देखि भएको हो?

  •  वि.स.२०५५ मंसिर ८

४३-  नेपाल टेलिभिजनको स्थापना कहिले भएको हो?

  •  वि.स.२०४१ माघ १७

४४- नेपाल टेलिभिजनको प्रसारण कार्य कहिले बाट सुरु भएको हो?

  •  वि.स.२०४२ पौष १४

४५- नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत गरिएको थियो?

  •  वि.स.२००८ माघ २१

४६- राष्ट्रिय योजना आयोगको अध्यक्ष को हुने व्यवस्था छ?

  •  प्रधानमन्त्री

४७- कर्मचारी संचयकोषको स्थापना कहिले भएको हो?

  •  वि.स.२०१९ भाद्र ३१

४८- नागरिक लगानी कोषको स्थापना कहिले भएको हो?

  •  वि.स.२०४८ माघ १

    भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
    यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
    lekhapadhimedia@gmail.com