शम्भु तामाङ्ग ; ओझेलमा परेको नेपालको पहिलो र कम उमेरको सगरमाथा आरोही


शम्भु तामाङ्ग ; ओझेलमा परेको नेपालको पहिलो र कम उमेरको सगरमाथा आरोही

कहिले नेपाली, कहिले ईण्डियन र कहिले तिब्बेतियन भनेर नागरिकता बदलिरहने तेन्जिङ नोर्गेलाई सबैले चिने तर सिन्धुपाल्चोकको लिसांखुपाखर गाउँपालिका २ का शम्भु तामाङ जसले सन् १९७३ मे ५ मा सगरमाथा आरोहण गर्नेलाई‌ चिन्न सकेनन्।

सगरमाथा आरोहण गर्दा सबैभन्दा कम उमेर १७ वर्ष‌ ६ महिना र १५ दिन थियो। सन् १९७३, मे ५ तारिकका दिन सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।  

इटालियन आरोहण टोलीसँग सगरमाथा आरोहण गर्दा सबैभन्दा कम उमेर १७ वर्ष‌ ६ महिना र १५ दिन थियो। सन् १९७३, मे ५ तारिकका दिन सर्बोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।  उनलाई विदेशमै बस्न धेरै प्रलोभन आएको थियो तर उनी नेपाल‌ छोड्न कहिले तयार भएनन्। उनी परोपकारी तथा धार्मिक व्यक्तित्व थिए। तिलगङ्गा आँखा अस्पतालका संस्थापक जसले आफ्नो गाउँमा गुम्बा बनाए र नेपाल सनातनी राष्ट्र हुनू पर्ने मान्यता राख्थे। उनी एनएमए (नेपाल माउन्टेनियरिङ एसोसियसन अर्थात नेपाल पर्वतारोहण संघ)को संस्थापक तथा नेपालमा आल्पिन क्लब हुनूपर्छ भनेर लागेका एक मात्रै व्यक्ति थिए। उनी गिदो मन्जिनोको आतिथ्यमा ईटाली जाँदा त्यहाँ भएको आल्पिन क्लबहरूको‌ पर्वतारोहणलाई व्यबस्थित गर्ने र पर्बतारोहीहरूको हक र हितको लागि कृयाकलापहरू देखेपछि नेपालमा पनि यस्तो संघ हुनूपर्छ भनेर एउटा सपना बुनेर आएका कम उमेरका व्यक्ति थिए। उनले नेपाल माउन्टेनियरिङ्ग संघको परिकल्पना गर्दा नेपालमा पञ्चायत कालिन थियो।

नेपालमा सो समयमा खासै संघ संस्था खोल्न बन्देज थियो तर उहाँको सपना पर्बतारोहीको हकहित र सामर्थ्यवान बनाउने र पर्वतारोहण र हिमालको संरक्षण र सम्बर्धनको लागि थियो। उनको सो सपना साकार बनाउन उनलाई राज्य सत्ताको बलियो सहयोग, समर्थन र साथ चाहिन्थ्यो। हेलम्बुमा केहि बिदेशीसँग कार्यक्रममा गएका गएका तत्कालिन समयका स्व. राजा बिरेन्द्रका भिनाज्यु कुमार साहेब खड्क बिक्रम शाहसँग शम्भु तामाङ्गले आफनो परिकल्पना साहसका साथ राखेका थिए। पछि स्व. शाहले सो प्रस्तावलाई सह्रानिय गर्दै राजा बिरेन्द्रसँग सो योजनाको बिस्तृत जानकारी गराएका थिए। राजा बिरेन्द्रबाट स्विकृति पाएपछि पर्वतारोहण संघले जन्म लियो।
 

यी बिदेशीबाट पालित फटाहा नेताहरूलाई देशको ढुकुटी लुट्न सहज भएको छ भन्थे। भाषामा बिवाद ल्याएर के गर्नु? हामी बुद्धिष्टहरूले छ्योई पढ्दा संस्कृत, तिब्बेतियन र तामाङ्ग भाषा नजानी हुँदैन भनेर सम्झाउँथे। कर्मकाण्ड गर्दा चाहिने पुस्तक छ्योई चालिस र तिब्बतियन र तामाङ्ग तीस तीस प्रतिशत भाषामा लेखिएको हुन्छ भन्थे।

स्व. खड्ग बिक्रम शाह सो संस्थाको अध्यक्ष, टेकेन्द्र पोखरेल महासचिब, नेते शाक्य कोषाध्यक्ष भए भने शम्भु तामाङ्ग संस्थापक सदस्य। १९६८ ईस्वी सम्वतमा उनी करिब १४ बर्षको उमेरमा ईटालीमा गिदो मन्जिनोको निमन्त्रणामा क्लाईम्बिङ ट्रेनिङ गर्न गएका थिए।‌ गिदो मन्जिनोले अर्का व्यक्ति क्याप्टेन एम. टी. लामालाई‌ पनि‌ लगेका थिए।‌ एम.टी. लामा शाही नेपाल वायुसेवाका सिनीयर पाईलट हुन्, हाल सेवा निबृत भएर बसेका छन्। शम्भु तामाङ शायद ८०००‌मी. पाइला टेक्ने पहिलो बिश्वमा नै पहिलो युवा हुन सक्छन्। ईस्वी सम्वत १९७१मा उनी करिब १४-१५ बर्षकै उमेरमा माउन्ट मकालु ८४८५ मी. धनाढ्य तथा पुरातन बस्तुहरू संकलन गर्ने र ईटालियन आल्पिनीस्ट गिदो मन्जिनोको नेतृत्वमा सगरमाथा आरोहण गर्ने टिममा नै थिए। कारण बस हाईटले अक्लमटाईज नभएको कारणले स्वास्थ्यमा असहज भएपछि हिमालको ट्प्पोमा पुग्न असफल भए। उनले त्यो आरोहणमा करिब ८२८५ मी. मकालुमा सहजै पुगेका थिए।

 
उनि निधन हुनु १५ दिन अघि बिरामी भएर अस्पतालमा रहँदा सोम र शित्तल भाईलाई भेट्न मन लागेको थियो, पठाईदेउ न भनेको खबर आएको थियो। उनलाई बिरामी भएर भैंसी पाटीको अस्पतालमा राखेको थाहा पाइयो। टाढा, ट्राफिक जाम र कार्य ब्यस्तताले भरे भरे भन्दा भन्दै उनले भौतिक संसार छोडेर गएपछि चुक्चुकाउन बाहेक केहि भाव राख्न सकिएन। झण्डै छ महिना अघि हाम्रो बुवा र मुवालाई आँखा जाँच गर्न र अप्रेसन गर्न शम्भु दाई आफैले डोराएर लग्दिएका थिए। शम्भु दाई लिसङ्खु, सिन्धुपाल्चोकका कुना कन्धरामा जन्मे ता पनि कैंयौं जन मानिसका आँखाका तारा भएर उदाएका थिए। तिलगङ्गा आँखा अस्पतालको मेन्टर, अभिभाबक, अग्रज र आँखा अस्पताल स्थापित गर्नको मुख्य श्रेय नै शम्भु दाई हुन् भन्दा अतियुक्ति नहोला। उनी तिलगङ्गा अस्पतालको आँखा कार्यक्रमका संस्थापक र हाल कार्यकारिणी समितीका कोषाध्यक्ष थिए। शायद शम्भु दाई नै थिए होला डा. सन्दुक रूईतलाई आँखाको डाक्टर बन्न प्रोत्साहित गरेका थिए। हाम्रो बुवामुवाको आँखा जँचाए पछि उनलाई आँखा अस्पतालमा‌ हुँदा भलाकुसारी गर्दा स्वास्थ्य बारे साह्रै हलुका रूपले भनेका थिए। जहिले सम्म थेग्छ बाँच्ने हो नत्र पानी माटोको शरिर हो केहि भन्न सकिन्न। सोधि हाले किन र दाई केहि स्वास्थ्यमा साह्रो गाह्रो छ र भन्दा होइन पोष्टपेड छ त्यसै औषधी खाइरहेको छु। ख्याल राख्नु है दाई चुरोट रक्सी त खान छोड्नु भयो क्यारे भन्दा, हो धेरै पो भयो भन्नु हुन्थ्यो। तर बाहिर भौतिक शरिर हट्टाकट्टा देखेको भित्र गलिसकेका रहेछन्। सोचेको थिईन यति चाँडो छोडेर जालान् भनेर। उनी सर्बोच्च शिखर सगरमाथा चढ्ने कान्छा आरोही मात्रै थिएनन् उनि समाजमा कसैलाई केहि पर्यो कि अघि सरिहाल्न पर्ने व्यक्ति थिए।
 
उनिसँग बेला बेलामा भेट हुँदा जहिले राष्ट्रको चिन्ता गर्थे, बिगार्यो देश नेताहरूले भन्थे। देशलाई पहिचानको नाम भनि ढाँटेर जात जातमा, क्षेत्र क्षेत्रमा, भाषामा र धर्ममा भड्काएर ध्वस्त बनाए भन्थे। उनले देश सनातनी राष्ट्र हुनपर्छ, देशमा राजा नभए पछि यी भ्रष्ट नेताहरूलाई राजाको राँगो फुक्यो झैं भएको छ। यी बिदेशीबाट पालित फटाहा नेताहरूलाई देशको ढुकुटी लुट्न सहज भएको छ भन्थे। भाषामा बिवाद ल्याएर के गर्नु? हामी बुद्धिष्टहरूले छ्योई पढ्दा संस्कृत, तिब्बेतियन र तामाङ्ग भाषा नजानी हुँदैन भनेर सम्झाउँथे। कर्मकाण्ड गर्दा चाहिने पुस्तक छ्योई चालिस र तिब्बतियन र तामाङ्ग तीस तीस प्रतिशत भाषामा लेखिएको हुन्छ भन्थे। उनी ईटालिएन भाषा सिक्न गएको व्यक्ति भाषा सँगसँगै माउन्टेन क्लाईबिङ्ग सिकेर आएका थिए।
 
बाँसबारीमा बसोबास गरेका हुनाले यहाँ सबैसँग मिलनसार भएर प्रस्तुत हुन्थे। हाम्रो‌ परिवारका‌ काकाबुवाहरू, यहाँका पुराना रैथानेहरू मिलेर एउटा गुठी चलाएका छन्। यसको काम भनेको गुठीको सदस्यलाई भइपरे सहयोग गर्ने नभए नयाँ बर्षमा एक चोटी भेटेर खानपान गर्दै भलाकुसारी गर्ने सामुहिक‌ गुठी‌ छ। सक्रिय रूपले यो गुठिमा स्व. शम्भु लागेका बाहेक भुपू आईजिपी स्व. हेम बहादुर सिंह लगायत, अन्य समुदाय तामाङ्ग, बाहुन, क्षेत्री, राणा, ठकुरी, नेवार, गुरूङ्ग तथा अन्य छन्।
प्राय सबै आरोहीको सफलताको रेकर्ड हेर्ने हो भने दुई आरोहीलाई प्रतिवादको रूपमा लिन सकिन्छ, एकजना पासाङ्ग ल्हामु र अर्का प्रचण्ड पुत्र। दुवै आरोही चढेर र ओर्लेको पुष्ट्याईँ हुन सकेको छैन। तर बिडम्बना कसको उक्साईमा हो वा प्रचण्डको चाकरीको लागि हो नेपाल पर्वतारोही सँघले प्रचण्ड पुत्रको शालिक निर्माण गरेर हनुमान भक्ति देखाए।
 
शम्भु तामाङ्गको भनाईलाई सापटी लिने हो भने “सफल आरोही त्यो हो जसले सफलताको साथ चुचूरोमा पुग्छ र सफलताको साथ नै ओर्लेर बेस क्याम्प आउँछ।” प्राय सबै आरोहीको सफलताको रेकर्ड हेर्ने हो भने दुई आरोहीलाई प्रतिवादको रूपमा लिन सकिन्छ, एकजना पासाङ्ग ल्हामु र अर्का प्रचण्ड पुत्र। दुवै आरोही चढेर र ओर्लेको पुष्ट्याईँ हुन सकेको छैन। तर बिडम्बना कसको उक्साईमा हो वा प्रचण्डको चाकरीको लागि हो नेपाल पर्वतारोही सँघले प्रचण्ड पुत्रको शालिक निर्माण गरेर हनुमान भक्ति देखाए। एउटा स्वच्छ संस्था यसरी‌ पार्टीको भातृसंस्थाको रूपमा प्रस्तुत हुदा कसरि पर्वातारोहीको हकहित होला र?
 
हाम्रो बुवाको ट्रेकिङ्ग अफिस भएको बेला एउटा सुन्दर शेर्पा भन्ने हिउँ बाघ थिए, उनि हाम्रो अफिसबाट हिमाल चढ्न जान्थे। उनि रक्सी अध्याधिक खान्थे अन्तमा उनको मृत्यु खोलाको किनारमा भयो। सबैले सुन्दर रक्सी खाएर सिद्धे भन्थे। पुराना पर्यटन व्यबसायीहरूले सिंह साहेब भनेर चिन्छन्, हाम्रो बुवालाई! बुवाले सुन्दरे दाईलाई रक्सी धेरै नखाउ भनेर खुब सम्झाउँथे र उनको पारिश्रमिक पनि उनको श्रीमतीलाई दिएर पठाउँथे, सुन्दर दाईले रक्सीमा पैसा नसिद्धाओस् भनेर। तर पाँच पटक चढ्ने तत्कालिन समयका किर्तिमानी हिउँबाघ सुन्दर शेर्पाको एउटा शालिक बने साँच्चिकै एनएमएको सच्चा र स्वस्थ्य कार्यशैली देखिएला। नत्र एउटा सुन्दर सपना देखेर बनाएको संस्थाको के औचित्य होला र खोई?
तत्कालिन समयमा श्री ५ को सरकारले नागरिक अभिनन्दन गरि टुँडिखेलमा भव्य स्वागत गरिएका, "हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो भनेर गर्ब गरिएका", मान, सम्मान तथा पदकले शुशोभित गरेका नै ईण्डियन नागरिक भईसकेकाले हामीलाई बिश्वको पहिलो सगरमाथा आरोही नेपाली हो भनेर गर्व गरिरहन जरूरत छैन।
 

अन्तमा, अर्को प्रस्ताव शम्भु दाई नै नेपालको नागरिकताधारी भएको र बिदेशको पैसा र सम्पत्तीको प्रलोभनमा परी बिदेशी नागरिकता धारी नभएकोले उनी नै नेपालको पहिलो सगरमाथा आरोही हो भनेर नेपाल सरकारले मान्यता दिन पर्दछ। तत्कालिन समयमा श्री ५ को सरकारले नागरिक अभिनन्दन गरि टुँडिखेलमा भव्य स्वागत गरिएका, “हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरो भनेर गर्ब गरिएका”, मान, सम्मान तथा पदकले शुशोभित गरेका नै ईण्डियन नागरिक भईसकेकाले हामीलाई बिश्वको पहिलो सगरमाथा आरोही नेपाली हो भनेर गर्व गरिरहन जरूरत छैन।

यहाँ जात र भात भन्दा पनि हामी नेपाली भन्नमा‌ गर्व गर्न जरूरी छ।‌ अन्तिम संस्कार गर्ने स्थान‌ स्वयम्भुमा परराष्ट्र मन्त्रीको आगमन पछि श्रद्धाञ्जली‌ कार्यक्रम‌ राखेको थियो। सो कार्यक्रम गर्दा सञ्चालिकाले आज तामाङ्गको छोरा शम्भु तामाङ्गले गरेको किर्तिमानले सम्पुर्ण तामाङ्ग समुदायले गर्न महशुस गरेको छ भन्दा छेउमा नै बसेको भुमी लामा दाईलाई पनि अलि अपच भएको भान भएको थियो। उनले फ्याट्टै भनिहाले “के जातभातको कुरा गरेको होला समस्त नेपाली नै गौरवान्वित भएको पो भन्न पर्छ” साँच्चिकै यो एक समुदायले मात्रै गौरब गर्ने कुरा भन्दा पनि समस्त नेपाली नै गौरवान्वित हुन पर्दछ। भुमी लामा दाई पनि बिगत तीन चार दशक देखि पर्यटन व्यबसाय तथा नेपाल पर्वतारोहण संघमा आबद्ध छन्।

उनको आत्मा परमात्मासँग लिन भई ब्रम्हत्व प्राप्त होस् तथा हार्दिक श्रद्धाञ्जली। नेपालको‌ पर्यटन तथा हिमाल आरोहण व्यबसायमा उनको मृत्यु ठुलो र अपुर्ण क्षती हो। ढिलै भएपनि नेपाल सरकारले उनलाई राष्ट्रिय सम्मानका साथ अन्तिम सलामी दिएकोमा साधुबाद छ‌। बिडम्वना नेपालको पहिलो सगरमाथा आरोही शम्भु तामाङ्गको अन्तिम बैकुण्ठको आरोहण यात्रामा कुनै पनि राष्ट्रिय स्तरको मिडिया उपस्थित नहुनू साह्रै लज्जास्पद र खेदपुर्ण बिषय थियो। एउटा खड्केको कुरा पर्वतारोहीहरूमा‌ पनि‌ राजनितीक हावाले छोएको हो कि? शम्भु तामाङ पर्वतारोही मात्रै नभएर सर्बांगिण पर्वतारोहण र हिमालको हित चाहने ब्यक्तिको अन्तिम यात्रामा पर्बतारोहीहरूको बलियो उपस्थिती देखाई आरोही सलामी दिनपर्ने होइन र? बिडम्वना नेपालको पहिलो सगरमाथा आरोही शम्भु तामाङ्गको अन्तिम बैकुण्ठको आरोहण यात्रामा कुनै पनि राष्ट्रिय स्तरको मिडीया उपस्थित नहुनू साह्रै लज्जास्पद र खेदपुर्ण बिषय थियो।
 
भौतिक शरिर नरहेता पनि शम्भु दाई हाम्रो‌ माझमा सँधै रहनु हुनेछ। एक राष्ट्रवादी तथा देशभक्त आरोही श्री शम्भु तामाङ् प्रति अन्तिम वीर आरोही सलाम।

सोम बिक्रम सिंह 
काठमाडौँ 
(सिंह, रास्ट्रिय सरोकार मंच नेपालका अध्यक्ष साथै कर्मनिस्ठ अभियन्ता हुनुहुन्छ )