आडम्बर (लघुकथा)


आडम्बर (लघुकथा)
मनकली… ए मनकली….! मन्दिर जाने होइन ?
बिहानको त्यस्तै सात बजेतिर मेरो घरको आँगनमा उभिएर निकै उच्च आवाजमा बोलाउँदै थिइन बिमली । 

होलान् कोही माया गर्ने उनैको लागि पनि हुन सक्छ । श्रावण महिना नै प्रेम महिना हो भन्छन्।

मैँले भित्रबाट झ्यालको पर्दा हटाउँदै बिमलीलाई नियालेर  हेरेँ,  दुवै हातमा मेहेन्दी लगाएकी हरियो साडी हातभरि हरियो चुरा केशमा हरियो रिबन, सुन्दर शृङ्गार निकै सजिएर आएकी रहिछन् । आज श्रावणको पहिलो सोमबार अलि टाढा को महादेवको मन्दिर जान हिँडेकी  रहिछन् र मलाई सँगै लिएर जान खोजेकी रहिछिन् मैले बुझिहाले । 
 
यति राम्री सजिएर कसको लागि व्रत बसेको होलिन् श्रीमान् सँग सधैँ बाझाबाझ र झगडा गरी रहने उनी खै कसका लागि व्रत बसेर मन्दिर जाँदै थिइन, मैले केही भेउ पाउन सकिन । 
होलान् कोही माया गर्ने उनैको लागि पनि हुन सक्छ । श्रावण महिना नै प्रेम महिना हो भन्छन्। 
 
म आफ्नै मनसित कुरा गर्न थाले  बाहिर देखिने सुन्दरताको के अर्थ भित्री आवरण पो सुन्दर हुनुपर्छ ।
सफा मनले मन भित्रको मन्दिर सजाएर पूजा गरे हुँदैन र ? 
 

म बिहानको चार बजे नै उठेर घरको धन्दा सकेर आफ्नै घर भित्रको भगवानको पूजा आराधना गर्ने तयारी गर्दै थिएँ ।  त्यो सुन्दर आवरणमा सजिएर जाने सामर्थ्य यो मनले राख्न सकेन र त्यो देखावटी ढोङ नि गर्न सकिन ।

 

मैले भित्र बाट नै भनी दिएँ –

“तिमी जाऊ बिमली म टाउको दुखेर सुतिरहेको छु”।


विमला अधिकारी देवकोटा

चितवन, भरतपुर