शरिर शुद्ध, मनले बुद्ध, निशर्त व्रत हौ


शरिर शुद्ध, मनले बुद्ध, निशर्त व्रत हौ
ऐलका सौन, सकेइन औन, सम्झिया खाडिहै ।
कृपा छ तेरि, बाध्यता मेरि, समय हाबी भै ।
धुप रे बत्ती, फूल रे पत्ती, साउन मैनाको ।
नेजा रे धाजा, पाठ रे पुजा, भक्तालु जनको ।

फलौ रे फुलौ, सोच्याको मिलौ, भक्तकी भावना ।
साउन मास, सबैकी आस, शिबकी कामना ।
हे इष्ट कुल्या, प्रदेशै भुल्या, नौ जपि तमरो ।
दुख् पीडा हद्द्या, उद्दार गद्द्या, तमै हौ हमरो ।

तमै हौ माली, हम्त छौ खाली, अज्ञानी नर हौं ।
माण्णाछौ पीडा, सिण्णाका किडा, तमराई भर हौं ।
दुइहात जोडी, शरण पडि, श्रद्धाले ढोग्दछु ।
जिबन्का कथा, मनका ब्यथा, तमैखी पोख्दछु ।

प्रभुका थान, लगाइ ध्यान, म दियो बालौंला ।
केइछैन्  साथ, झुकाइ माथ, दर्शन गरौंला ।
देबौंका देव, शंकर शिव, सृष्टिका पालक ।
त्रिनेत्र धारी, सबैमा भारी, तमै हौ चालक ।

दियाको तम्ले, खानुछ हम्ले, तमरी छायाँ हो ।
तमै हौ हर्ता, संहार कर्ता, तमरी मायाँ हो ।
सबैका स्वामी, हे प्रभु ज्ञानि, सद्भाव भरिदे ।
पखाली पाप, धर्मको छाप, सबैमा छरिदे ।

भक्ती छ मेरि, शक्ति हो तेरि, दे ग्यान बुद्धि दे ।
भुल्याका बाटा, हिट्टार्या छाँटा, फर्कने शुद्धी दे ।
शरीर शुद्ध, मनले बुद्ध, निशर्त व्रत हौ ।
हियामा हासो, भक्तिको नासो, सबैमा हर्क हौ ।

यो रितो हात, भक्तिले माथ, शरण पडौला ।
न सुन चाँदी, चामल आदि, जौँ तिल चडौला ।
हे प्रभु रौला, फर्केर औंला, धुराका आगन ।
लिऔंलो बत्ती, फुलका पत्ती, आशिष मागन ।


केशब मडै
सुर्नया -५ मडगाउँ रामकी बरायल, बैतडी 
अच्याल : अजमान, युएई  
(नेपाली साहित्य विधामा निरन्तर कलम चलाउदै आएका केशब मडैले सुदुरपश्चिमको आफ्नै मौलिक भाषा, संस्कृतिलाई महत्त्वका साथ् लेख्दै आउनुभएको छ । प्रस्तुत कबिता डोट्याली (बैतडेली) भाषामा चर्चित  “झ्याउरे विधा मा लेखिएको छ । – लेखापढी डटकम )