गजल


गजल
वा वा गर्यो गजल होईन गाजल देखेपछी !
डांग्रे चिच्चाएझै गगनमा बादल देखेपछी !!

सधैं हरियो मा चर्नेले,पक्कै आशु झार्नेछ !
चैतमाश बारीभरी सुकेको नल देखेपछी !!

यहाँ अमिर हुनुको त मजै बेग्लै रहेछ है !
सिताले नी रेखा तोड्दिए महल देखेपछी !!

कहिलेकाहि बेकारै लाग्छ तेरो मेरो भन्दै !
सामाजिक सञ्जाल मा कल देखेपछी !!

अक्षर चोर्यो भनी कत्ती गुनासो नगर्नु मित्र !
चोर्दैन नत गजलको खुला पसल देखेपछी !!

आफ्नाहरु सधैं भूमिगत हुन्छन पिर पर्दा !
भएको थोरै दौलत पनि अचल देखेपछी !!

जती भुल्छु भने नी झुर्लुक्क यादले हान्छ !
घुम्दै जादा शहरमा दुरुस्तै, सल् देखेपछी !!


अर्जुन भुसाल (अबिरल)
महाशिला- ४
पाखापानी, पर्बत