लोकसेवा आयोग : “संबिधान बारे महत्त्वपूर्ण प्रश्नोत्तर”


लोकसेवा आयोग : “संबिधान बारे महत्त्वपूर्ण प्रश्नोत्तर”
लोकसेवा आयोगका लागि महत्वपुर्ण जानकारी संगै सम्भावित प्रश्नोत्तरहरु एबं ज्ञानबर्धक सामग्रीमा यस पटक “संबिधान बारे महत्त्वपूर्ण प्रश्नोत्तर”  प्रस्तुत गरेका छौ ।

१- नेपाल अघिराज्यको संबिधान २०१५ कहिलेदेखि पूर्ण रुपमा लागु भएको हो?

  • वि.स.२०१६ असार १६ (भाग १० धारा ७७ अनुसूची ६)

२-  नेपाल अघिराज्यको संबिधान,२०१५ को निर्माणका लागि सहयोग लिइएका बिदेशी व्यक्ति को हुन्?

  • सर आइभर जे. जिनिंग

३-  नेपालको अन्तरिम संबिधान २०६३ कहिले जारी भएको थियो?

  • वि.स.२०६३ माघ १

४- कुन अदालतलाई अभिलेख अदालत भनिन्छ?

  • सर्वोच्च अदालत

५- महालेखा परिक्षकको पदावधि नियुक्ति को मितिले कति वर्ष हुन्छ?

  • ६ वर्ष

६- लोकसेवा आयोगको अध्यक्ष हुन कति वर्ष उमेर पुगेको हुनु पर्दछ?

  • ४५ वर्ष

७- हाल प्रचलित स्थानीय स्वायत सासन ऐन २०५५ कहिले देखि लागु भएको हो?

  • वि.स.२०५६ बैसाख १६

८-  स्थानीय स्वायत सासन ऐन,२०५५ अनुसार नगरपालिका कति प्रकारका छन्?

  • तिन

९-  नेपालको वर्तमान संबिधान अनुसार प्रदेश सभाको कार्यकाल कति वर्ष रहने व्यवस्था छ?

  • ५ वर्ष

१०- प्रधानमन्त्रीले को समक्ष सपत ग्रहण गर्नु पर्ने व्यवस्था छ?

  • रास्ट्रपति

११ – नेपालको संबिधानको कुन धारामा कार्यकारणी अधिकारको ब्याख्या गरिएको छ?

  • धारा ७५

१२-  नेपाली सेनाका सर्वोच्च परमाधिपति को हुने व्यवस्था छ?

  • रास्ट्रपति

१३-  न्याय परिसदमा कति जना सदस्यहरु रहने व्यवस्था छ?

  • ५ जना

१४-  नेपालको संबिधानको कुन धारमा प्रतिनिधि सभाको गठन सम्बन्धि व्यवस्था छ?

  • धारा ८४

१५-  नेपालको सर्वोच्च अदालतलाई अर्को कुन नामले चिनिन्छ?

  • अभिलेख अदालत

१६-  नेपालको संबिधानको कुन भागमा संघीय ब्यवथापिका सम्बन्धि व्यवस्था गरिएको छ?

  • भाग ८

१७-  नेपालको संबिधानको अनुसूची-१ मा के को व्यवस्था गरिएको छ?

  •  राष्ट्रिय झण्डा

१८-  नेपालको संबिधान अनुसार प्रत्येक वर्ष अर्थमन्त्रीले बजेट कुन दिन संसदमा पेस गर्नु पर्छ?

  • जेष्ठ १५

१९-  सर्वोच्च अदालतमा प्रधानन्यायाधीश समेत कतिजना न्यायाधीश रहन्छन्?

  •  २१ जना

२०-  नेपालको संबिधानको कुन धारामा नागरिकका कर्तब्य सम्बन्धि व्यवस्था गरिएको छ?

  •  धारा ४८

२१- सार्वभौमसत्ताको स्पस्ट व्यवस्था भएको पहिलो संबिधान कुन हो?

  • नेपालको संबिधान २०१९

२२- नेपालको रास्ट्रपति हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ?

  •  ४५ वर्ष

२३- राष्ट्रिय सभा सदस्यको उमेदवार हुन कति वर्ष उमेर पुरा भएको हुनुपर्छ?

  •  ३५ वर्ष

२४- भाषा आयोगका अध्यक्ष र सदस्यको नियुक्ति कसले गर्दछ?

  •  नेपाल सरकारले

२५-  नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कसले प्रमाणित गर्दछ?

  •  मुख्य सचिब

२६- राष्ट्रिय सुरक्षापरिषद्को सचिबको काम कसले गर्दछ?

  • रक्षा सचिब

२७- नेपालको संबिधान अनुसार राष्ट्रिय सभामा रास्ट्रपतिबाट मनोनित कति जना सदस्य रहन्छन्?

  •  ३ जना

२८- राष्ट्रपति समक्ष विधेयक प्रमाणीकरणको लागि पेस भएमा राष्ट्रपतिले कतिदिन भित्रमा विधेयक प्रमाणिकरण गर्नुपर्दछ?

  •  १५ दिन

२९- नेपाल सरकारको आम्दानी बाधिएको कोषलाई के भनिन्छ?

  •  संघीय सन्चित कोष

३०- संसदबाट पारित विधेयक कसले प्रमाणीकरण गरेपछि ऐन बन्दछ?

  •  राष्ट्रपति

    भुपेन्द्र चन्द द्वारा तयार पारिएको लोकसेवा आयोग तयारी अध्ययन सामाग्री 
    यहाँहरुका जिज्ञासा, लेख-रचना वा अन्य सामग्री हामीलाई इमेल गर्न सक्नुहुनेछ :
    lekhapadhimedia@gmail.com