एम अधिकारी गभर्नर होइनन् : नेकपा एमाले


एम अधिकारी गभर्नर होइनन् : नेकपा एमाले

काठमाडौं- नेकपा एमालेले अर्थ तथा योजना विभागमा रहेका एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेको छ ।  

एमाले कार्यलय सचिव भिष्म अधिकारीले गभर्नर अधिकारीलाई पठाएको पत्रमा उक्त विभागमा उल्लेखित एम अघिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु भनिएको छ । 

गभर्नर अघिकारीले असार २९ मा  नेकपा एमाले केन्द्रीय कार्यलयलाई पत्र लेख्दै आफू कुनैपनि राजनीतिक दलमा आवद्ध नरहेको र गभर्नरजस्तो जिम्मेवर पदमा रहेको कुनै पनि व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा  रहने वा बस्ने कुरा कल्पना बाहिरको विषय भएको स्पष्ट पारेका थिए ।

 गभर्नर अघिकारीले समिति गठनले भ्रम सिर्जना गरेकाले सो विषयमा स्पष्ट पार्न एमाले नेतृत्वलाई आग्रह गरेका थिए । उनको आग्रहबमोजिम एमालेले अधिकारीलाई पत्र लेख्दै सो समितिमा रहेका एम अधिकारी गर्भनर महाप्रसाद अघिकारी नभएको स्पष्ट पारेको हो ।