काठमाडौंको भृकुटीमण्डपमा आगलागी


काठमाडौंको भृकुटीमण्डपमा आगलागी

काठमाडौं- प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भीषण आगलागी भएको छ।

भृकुटीमण्डपभित्र रहेको एक ह्वील चियर गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता दिनेश मैनालीले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ दिउँसो ३ बजेदेखि आगलागी भएको हो। अहिले ललितपुर र काठमाडौंबाट आएका दमकलले आगो निभाइरहेका छन्। आगो नियन्त्रणको प्रयास भइरहेको छ।’

अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।

आगलागीको कारण भने खुलेको छैन।आगलागीका कारण, क्षतिलगायत थप विवरण आउन बाँकी छ ।