जनता कि भिंड ? पर्दा पछाडि निर्देशन कसको ?


जनता कि भिंड ? पर्दा पछाडि निर्देशन कसको ?
श्रीलंकाको ताजा घटना क्रमको समाचार त्यसको तस्वीर भिडियो अहिले नेपालमा प्रत्येक सामाजिक संजालमा सबै भाइरल भैरहेकोले मैले भिडियो तस्बिर हाल्न जरुरी लागेन।
एउटा आम मनोबिज्ञान के छ भने दस बीस पचास हजार एक लाख मान्छेको भिंड जम्मा भयो भने वा भिंड जम्मा गरेर आन्दोलन गर्‍यो वा सरकार संग कुनै माग राख्यो भने त्यसलाई जनताको आवाज जनताको बिद्रोह/आन्दोलन ठान्ने हाम्रो आम बुझाई छ
लेख्ने मन त धेरै थियो तर लेखिन, सांकेतिक रूपमा मात्रै थोरै लेख्छु, किनभने धेरैले अहिले मनको लड्डु घिउ संग खाँदै “जनता बिरोधि राष्ट्रपतिलाई जनता उर्लेर भगायो !”
“जनता जागेपछी नेताहरू लुक्ने ठाउँ पाइँदैन !!” “अब हाम्रो नेपालमा पनि नेताहरूलाई त्यस्तै गर्नुपर्छ” भन्दै श्रीलंकाको समाचार सेयर गर्दै बसिरहेको बेला छ यस्तो मिठो मिठो कुरा गरिरहेको बेला के को तितो कुरा राखेर खल्लो बनाउनु !

हामी कहाँ एउटा आम मनोबिज्ञान के छ भने दस बीस पचास हजार एक लाख मान्छेको भिंड जम्मा भयो भने वा भिंड जम्मा गरेर आन्दोलन गर्यो वा सरकार संग कुनै माग राख्यो भने त्यसलाई जनताको आवाज जनताको बिद्रोह/आन्दोलन ठान्ने हाम्रो आम बुझाई छ र हामीले त्यो दस बीस पचास हजार मान्छेले राखेको जुनसुकै मागलाई जायज ठान्ने जनता जागेको मान्ने हाम्रो मनोबिज्ञान “बसालेको” छ।
 
युद्धमा गोला बारुद मात्रै हुँदैन आर्थिक द्वन्द (economic war) सबैभन्दा खतरा हुन्छ। यो राष्ट्रिय अन्तर्राष्ट्रिय "छद्म" वार हो, जनता त भिंड न हुन् फरक यति हुन्छ कि भिंड कसले उतार्न सक्यो भन्ने नै प्रमुख कुरा हो केही समय कुरौं…
 
आज युक्रेनको हालत के छ ? सबैलाई जगजाहेर नै छ तर अनौठो न मान्नुस् यो हालतमा पुर्याउने पनि जनताको आन्दोलन द्वारा नै थियो, त्यो आन्दोलनलाई पश्चिमी युरोपेली मुलुकले Orange Revolution नामकरण गरेर त्यहाँको बहालवाला राष्ट्रपति भिक्टर यानुकोविच लाई भ्रष्टाचारको मुद्दा उचालेर आन्दोलन गराएको थियो, दुई दुई पटक चुनाव जितेर सत्तामा आउँदा पनि धाँधली गरेर चुनाव जितेको/ भ्रष्टाचार गरेको नाममा लाखौं लाख युक्रेनी जनता सडकमा महिनौं आन्दोलनमा उत्रेपछि ऊनी भागेर ज्यान जोगाउदै बेलारुसमा शरण लिन पुगेको थियो, आन्दोलनलाई युक्रेनी जनता जागेको भन्दै ओरेन्ज क्रान्तिको नाम दिएको थियो। खासमा बाहिर जनताको अगाडि मुद्दा भ्रष्टाचारको उचाले पनि भित्री कुरा चाहिँ “भिक्टर यानुकोविच” युरोपेली युनियनमा सामेल हुने पक्षको बिरोधि थियो, यिनी रसीया संग सम्बन्ध जोडेर नै युक्रेनको हित हुन्छ भन्ने मान्यता बोक्ने राष्ट्रपति थियो, अर्को धार थियो युक्रेन युरोपेली युनियनमा सामेल हुनुपर्छ भन्ने थियो, त्यही धारले भ्रष्टाचार विरुद्धको नाउँमा सडकमा आन्दोलन गरेर राष्ट्रपतिलाई बर्खास्त गर्यो।
 
खासमा आन्दोलन जे नाउँमा गरे पनि रसियन समर्थक र युरोप समर्थक बिचको छद्म लडाइँ थियो जनतालाई सडकमा ल्याउन भ्रष्टाचार गरेको आन्दोलनमा गोली चलाएर निहत्था जनता मारेको भन्दै सडक तातिन थाल्यो, आन्दोलन चर्किदै गयो सडकमा लाखौं युक्रेनी उर्लिए पछी अहिले श्रीलंकाको राजापाक्षे जस्तैः यानोकोविच पनि युक्रेन छोडेर भाग्न पर्यो, लडाइँ रसीया र युरोप बिचको छद्म लडाइँ थियो, छद्म लडाइँमा युरोपेली पश्चिमी जगतले जित्यो युरोपेली युनियनमा सामेल हुनुपर्छ भन्ने राष्ट्रपतिको बिजय भयो त्यसपछि रसीयाले प्रत्येक्ष अगाडि सरेर क्रिमिया माथि अतिक्रमण गरेको थियो यो क्रम बढ्दै गएर अब पुरै युक्रेन माथि आगोको गोला बर्साई रहेकोे छ। नतिजा के भयो Orange Revolution को ? आफैं बुझ्नु होला !!
 
चीनमा सन् १९८९ मा प्रजातन्त्र माग्दै लाखौं लाख मान्छेको भिंड सडकमा उत्रिए, केहि समयसम्म सरकारले धैर्य धारण गर्दै गए जब पानी नाक माथि पुग्न थाल्यो त्यसपछि चलायो बुलडोजर ! यदि चीन सरकारले बुलडोजर न चलाएर नेपालमा जस्तै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको भए आजको सम्मुन्नत बिकासशिल महाशक्ति चीन हुनै सक्दैन थियो , स-साना कुरामा आमहडताल, आन्दोलन, अनशन, मानवअधिकार पर्यावरण अधिकार आमनिर्वाचन मै घुमिरहेको हुने थियो यो तितो यथार्थ कसैले नपचे माफ पाउँ तर यथार्थ यही हो।
 
नेपालमा पनि राजा ज्ञानेन्द्रले ०६२/०६३ मा मेसिन गनले मकै भुटेको जस्तो भुटेको भए (सुरक्षाकर्मीको असहयोग थियो) भुटी दिएको भए एउटा फरक अवस्थामा मुलुक जाने थियो, आजको जस्तो महंगी बेरोजगारी भ्रष्टाचार अराजकता माफियागिरीको राज हुने थिएन, जाबो पुग न पुग ३ करोड जनसंख्या भएको मुलुकमा आठ-आठ वटा सरकार सयौं मन्त्री हजारौं मन्त्री स्तरीय सुख सुबिधा लिनेे नोकरशाहीको भार खेप्नु पर्ने थिएन होला।
 
भिंडलाई जनता ठान्ने र भिंड जम्मा भएर गरेको हरेक कुरा जनताले गरेको मानक मान्ने हाम्रो मानसिकता नै हाम्रो ठूलो वाधक हो।
आजको युगमा भिंड जम्मा गर्ने औजार भनेको मिडिया हो, यो औजार अर्थात मिडिया हाम्रो जस्तो तेस्रो मुलुकमा जनताको नियन्त्रणमा हुँदैन, नेपालको मिडिया अधिकांश पश्चिमी दुनियाँको फण्डिङ द्वारा संचालित हुने गर्छ, यही मिडियाले भिंड जम्मा हुने वातावरण तयार गर्छ त्यही वातावरणमा नेता पार्टी दलको उत्थान हुन्छ त्यही उत्थान भएको नेताले हामीलाई शासन चलाउँछन् त्यसपछि हामी जहिल्यै जुन जोंगी आए पनि कानै चिरेका भन्दै बस्ने गर्छौं।
 
आज श्रीलंकामा पनि भिंड उत्रिएको छ, यो भिंडलाई जनता भनेर ज-जसले ठानी रहेकोे छन् पख्नुस दुई चार वर्ष रिजल्ट कुर्नुस !
भिक्टर यानुकोविच र जिलेन्स्की को सहि रहेछ भनेर उक्रेनी जनताले बल्ल दस बाह्र वर्ष पछी बुझ्न थाल्दै छन् अबको एक वर्ष भित्र पुरै बुझ्ने छन् ! हामी नेपालीले पनि आन्दोलनको नाउँमा किन उफ्रेछ त्यतिबेला भनेर अहिले थाप्लोमा हात राखेर सोंचदै गरेको अवस्था छ, त्यसैले अहिल्यै श्रीलंकामा जनता उत्रेको भनेर भन्नलाई हतार न गरौं भर्खरै MCC लाई हुत्याएको धेरै दिन भएको छैन, त्यसैको प्रत्युत्पादक पनि हुनसक्छ, युद्धमा गोला बारुद मात्रै हुँदैन आर्थिक द्वन्द (economic war) सबैभन्दा खतरा हुन्छ। यो राष्ट्रिय अन्तर्राष्ट्रिय “छद्म” वार हो, जनता त भिंड न हुन् फरक यति हुन्छ कि भिंड कसले उतार्न सक्यो भन्ने नै प्रमुख कुरा हो केही समय कुरौं………………… !!!


मोहन लामा रुम्बा  
काठमाडौँ