साझा यातायातले महिला चालक र सहचालक सहित गर्यो बिजुली बस सञ्चालन


साझा यातायातले महिला चालक र सहचालक सहित गर्यो बिजुली बस सञ्चालन

काठमाडौँ- साझा यातायातले आजदेखि तीन वटा नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । विहीबार विहान ११ बजे साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गर्नेछन् । यी बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ । 

चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा यी बस तयार भएका हुन् । चीन मै ‘ग्रेडबिलिटी टेस्ट’ (उकालो तान्न सक्ने क्षमता) परीक्षण गरेपछि नेपालमा ल्याइएको थियो ।

अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका छन् । यी बसहरुमा वाइफाइ, टिभी डिस्प्ले, सीसी क्यामेरा लगायतका विशेषता पनि छन् । अपांगहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा पनि छ ।