प्रधानमन्त्री शेर बहादुर देउवाबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ औँ प्राज्ञ सभाको उद्घाटन


प्रधानमन्त्री शेर बहादुर देउवाबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ औँ प्राज्ञ सभाको उद्घाटन

काठमाडौँ-  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२ औँ प्राज्ञ सभा सम्पन्न गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ औँ प्राज्ञ सभाको उद्घाटन प्रमुख अतिथिबाट पानसमा द्विप प्रज्वलन गरी गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल जैविक र भौगोलिक विशिक्ष्टताले मात्र सम्पन्न नभई साँस्कृतिक विविधताले पनि समृद्ध मुलुक हो भन्नुभयो । उहाँले सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य सम्पदा हुन्, जसलाई सङ्गीत नाट्य जस्ता प्रदर्शन कलाले चलायमान र उर्जावान बनाईरहन्छन् भन्नुभयो । सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान भनेको कला र कलाकारहरुको संस्था हो भन्दै देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकारहरुले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार राष्ट्रको महत्वपूणर् अङ्ग हो भन्नुभयो ।

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांकृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताउनुभयो ।


कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले गर्दै आएका गतिविधिहरुका बारेमा प्रकाश पार्नु भयो ।

प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले जग्गा प्राप्ति गरी दैनिक प्रशासनिक कार्य गर्नका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको र अडिटोरियम हल सहितको सुविधासम्पन्न भवनको डिपिआर समेत तयार भएको बताउनुहुदै यसका लागि राज्यले विशेष चासो दिनुपर्ने बताउनुभयो ।

उद्घाटन सत्रपछि प्रज्ञाप्रतिष्ठानको सभा सदस्यहरु सम्मिलित बन्द सत्र सुरु भई वार्षिक आयव्यय लगायतका प्रतिष्ठानको अबको कार्ययोजना सहितको एजेण्डामाथि छलफल भएको थियो ।