खाद्य प्रबिधी तथा गुण नियन्त्रणले महेन्द्रनगर र बेदकोटका १३ होटल रेस्टुरेन्टलाई खाद्य स्वच्छताका आधारमा लोगो प्रदान


खाद्य प्रबिधी तथा गुण नियन्त्रणले महेन्द्रनगर र बेदकोटका १३ होटल रेस्टुरेन्टलाई खाद्य स्वच्छताका आधारमा लोगो प्रदान

होटल रेस्टुरेन्टमा जाँदा हरियो रङको लोगो प्राप्त गरेका होटलहरुको छनौट गर्न र खाना अर्डर गर्नुअघि एकपटक आफै सो होटलको किचन हेरि सरसफाईको अवस्था यकीन गर्नुहुन अपील
कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगर र बेदकोटका १३ होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा लोगो प्रदान गरिएको छ। खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले कन्चनपुरको महेन्द्रनगर र बेदकोट क्षेत्रमा रहेका १३ होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा स्तरिकरण गरि लोगो प्रदान गरेको हो।

होटल रेस्टुरेन्टहरुलाई खाद्य स्वच्छताका आधारमा २ वटाले उत्तमस्तर (हरियोमा दुई तारा), ७ वटाले संतोषजनक (हरियोमा एक तारा) र २ वटाले सामान्य (पहेलो)लोगो प्राप्त गरेका छन् । भने २ वटा स्तरिकरणमा नपरेको खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख नवराज दाहालले जानकारी दिए । 

निरन्तर रुपमा सबै होटल रेस्टुरेन्टहरुलाई स्तरिकरणको दायरामा ल्याइने खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख दाहालले बताएका छन् । साथै सर्बसाधारणहरुलाई होटल रेस्टुरेन्टमा जाँदा हरियो रङको लोगो प्राप्त गरेका होटलहरुको छनौट गर्न र खाना अर्डर गर्नुअघि एकपटक आफै सो होटलको किचन हेरि सरसफाईको अवस्था यकीन गर्नुहुन अपील समेत गरेका छन् । होटल तथा रेस्टुरेन्टहरुको स्तरिकरणको कार्यबाट स्वयम ब्यवसायी सचेत बन्ने र अझ सुधार हुने मौका पाउने अपेक्षा गरिएको छ।