अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने


अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

त्यसपछि अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले आफैँसँग राखेका हुन् ।