मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ? देख्न सक्छ ५० किलोमिटर टाढाको बत्ती !!


मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ? देख्न सक्छ ५० किलोमिटर टाढाको बत्ती !!

हाम्रो शरीरको अति संबेदनशील महत्वपूर्ण अंग हो आँखा। आँखा बिना हाम्रो जिवन साच्चिकै अन्धकारमय हुन्छ । के तपाइलाई थाहा छ आँखाले देख्ने सक्ने सामर्थ्य कति हुन्छ ? 

आँखाका बारेमा केही रोचक तथ्य यस्ता छन्।

– आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ। 
– मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्।
– मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ।
– आँखाको औसत वजन ८ ग्राम हुन्छ।
– हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं। 
– प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्। 
– मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ। 

– हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ। 
– मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ। त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेकेन्डमै फोकस गर्न सक्छ।
– आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ। 
– नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन्। उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन्। – – संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ।
– मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ। 
– मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ। जसमा रगतको सट्टा अक्सिजन बग्छ।
– खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्‍याउने काम मात्रै गर्छ। मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं। 
– मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं। 
– एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ।
– शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन्।
– एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ।
–  डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ।  

– संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्। 
  (विभिन्न श्रोतहरुबाट तयार पारिएको रोचक सामाग्री)