जनता समाजवादीबाट मन्त्री बनेका तिन सांसदको शपथ आज


जनता समाजवादीबाट मन्त्री बनेका तिन सांसदको शपथ आज

काठमाडौं- जसपाका तीन सांसद आजै  मन्त्री पदको शपथ ग्रहण गर्नेछन ।

राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले आजै अपराह्न शपथ ग्रहण समारोह हुने बताए । उनले भने, ‘शपथ ग्रहण साढे चार बजेतिर हुने छ ।’ 

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका तीन सांसदलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद हेरफेर गरेका छन् । नयाँ बन्ने मन्त्रीहरुमा मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषि मन्त्रालयको जिम्मा दिइएको छ ।

जसपाले यसअघिका कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वनमन्त्री राम सहाय प्रसाद यादवलाई फिर्ता बोलाएर प्रधानमन्त्रीसमक्ष नयाँ सूची बुझाएको थियो । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका राजेन्द्र श्रेष्ठ भने यथावत नै छन ।