राप्रपाले देशभर सरकार बिरुद्ध गर्यो मसाल जुलुस प्रदर्शन


राप्रपाले देशभर सरकार बिरुद्ध गर्यो मसाल जुलुस प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं सहितका देशका विभिन्न ठाउँमा सरकारविरुद्ध मसाल जुलुस निकालेको छ । 

बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष २२ बुँदे ज्ञापनपत्र बुझाइएको थियो । असार १ गते सरकारलाई बुझाइएको ज्ञापनपत्र कार्यान्वयमा ढिलासुस्ती भएको विरोधमा राप्रपाले देशभर एक साथ मसाल जुलुस निकालेको हो ।

काठमाडौंमा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्ग, सितापाइला, साँखु र थलीसहित पूर्ब झापा साथै पश्चिम महेन्द्रनगर लगायत देशका  विभिन्न ठाउँमा सरकारविरुद्ध जुलुस निकालिएको राप्रपाले जनाएको छ ।