विनोद चौधरी फिलिपिन्सका राष्ट्रपतिको सपथ ग्रहणमा सहभागी


विनोद चौधरी फिलिपिन्सका राष्ट्रपतिको सपथ ग्रहणमा सहभागी

काठमाडौं: फिलिपिन्सका नवनिर्वाचित राष्टपति बोङबोङ मार्कोसको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन्।  

बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन्। 

नेपालका एकमात्र अर्बपति चौधरी नवनिर्वाचित राष्टपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन्।  उनी नेपाली राष्ट्रिय पोसाक दौरा सरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए। 

नवनियुक्त राष्ट्रपतिलाई बधाइ दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे। मार्कोस  फिलिपिन्सका १७औं राष्टपति हुन्। मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन्।