ठमेलको एलओडी क्लब विश्वकै सर्वश्रेष्ठ ५२औं क्लबमा पर्यो


ठमेलको एलओडी क्लब विश्वकै सर्वश्रेष्ठ ५२औं क्लबमा पर्यो

काठमाडौं- ठमेलमा अबस्थित एलओडी (लर्ड अफ दि ड्रिंक्स) विश्वकै ५२औं सर्वश्रेष्ठ क्लब बनेको छ । विगत तीन वर्षको इतिहासमा एलओडीले नेपालको क्लबिङ संस्कृतिलाई प्रवद्र्धन गर्न सफल भएको जनाएको छ ।

सीईओ रवीन श्रेष्ठका अनुसार यस क्लबमा अहिलेसम्म नेपालका ९० प्रतिशत कलाकार र एकसय बढी विदेशी कलाकारको प्रस्तुतीलाई पनि स्थान दिई सकेको छ । बेलायतको पत्रिका डिजे म्यागले गरेको भोटिङका आधारमा ५२औं स्थान हासिल गर्न सफल भएको समेत सीईओ श्रेष्ठले जानकारी दिए ।

कोभिडका कारण लामो समय समस्यामा परेको भए पनि अहिले पुरानै अवस्थामा फर्किएको उनको भनाई थियो । क्लबले छिटै नै झापा, पोखरा, बुटवललगायतका स्थानमा फ्रेन्चाइज ल्याउने योजना बनाएको बताइएको छ ।