असार १५ : “राष्ट्रिय धान दिवस” होईन, दहि-चिउरा खाने दिन हो सरकार !


असार १५ : “राष्ट्रिय धान दिवस” होईन, दहि-चिउरा खाने दिन हो सरकार !

आज दहि-चिउरा खाने दिन हो ।  नेपाल सरकार अन्तर्गतको कृषि तथा सहकारी मन्त्रालयले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरेको धेरै लामो समय भएको छैन।

सरकारी इतिहास हेर्दा धान दिवस अझै युवाबस्थामै छ,  मात्र १८ बर्ष पुग्यो। नेपाली किसानहरुले धेरै पहिले देखि नै मनाउदै आएको दहि-चिउरा खाने दिनलाई वि. सं २०६१ सालदेखि मात्र धान दिवसका रूपमा मनाउन घोषणा गरेको थियो सरकारले।  किसानको मनोबल उच्च राखी श्रमको उचित सम्मान गर्ने उद्देश्यले धान दिवस राष्ट्रियस्तर मै मनाउने निर्णय केवल मन्त्रालयका निर्णय पुस्तिकामा सिमित रहेको देखिन्छ । कुनै समय नेपाल कृषि प्रधान देशको दर्जामा चिनिने गर्थ्यो । धेरै भएको छैन नेपालले छिमेकी मुलुक संगै पश्चिमी देशहरुलाई खाद्यान्न सहयोग गर्ने गर्थ्यो तर अहिले हरेक खाद्यान्न आयात गर्नु परेको छ । 

मैले यहाँ राष्ट्रिय धान दिवसलाई दहि-चिउरा खाने दिन नै हो भन्नु कुनै मुर्खता होईन ! बर्तमान कृषि प्रणाली र सरकारको योजना हेर्दा सामान्य दहि चिउरा खादै, टाई- सुट लगाएर हिलोमा रमाउदै २-४ धानका बिउ रोप्दै गरेको दृश्य संचार माध्यममा देखाउनु बाहेक नयाँ कृषि योजना कुनै बर्ष देखिएन । अझै हेर्ने हो भने मन्त्रि, सांसद र बडेमान कर्मचारीहरु पाँचतारे होटलमा गमला मै धान दिवस मनाएको देखिनु नौलो बिषय होईन । 

दहि चिउरामै रमाउने नेपाली कृषकहरुलाई रास्ट्रिय धान दिवस भनि उपलब्धि बिहिन दिवस चाहिदैन सरकार ! नेपाली चर्चित उखान ''न्याउरी मारी पछुतो" भने जस्तै कृषकले आफ्नो गक्ष अनुसार नयाँ नौलो उन्नत जातको बिउ-बिजन खोजेर, किनेर रोपेका हुन्छन तर अन्तमा बिभिन्न रोग ब्याधि लागेर बालीको सखाप । देशमै कृषकले पैसा तिरेर पनि मल नपाउँदाको पिडा सम्बन्धित मन्त्रालयमा घुम्ने कुर्सिमा पदासिन नेताले कहिले बुझ्ने ?

धेरै पुरानो कुरा नगरौ करिब दुई बर्ष अघि बिकासबादी सरकार कहलाउने तत्कालिन कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले बंगलादेशबाट कृषकका लागि  ४५ हजार मेट्रिकटन डीएपी र ९० हजार मेट्रिकटन युरिया मल उपलब्ध हुने भनेको कथा नै भयो । कुनै ठेकेदार मार्फत होईन सरकार आफैले मल किनेर ल्याउनेछ भनेर घोषणा गरेको नाटक पो रहेछ । सर्बसाधारण कृषकहरुलाई आशाको त्यान्द्रोमा झुक्याउने घोषणाको जिम्मेवार को हुने ?  नेपाल मै मल उत्पादन गर्ने कारखाना खोल्छु भन्ने सरकार कहाँ हराए ? यहाँ मैले पुर्बाग्राही ढंगले कुनै सरकार वा मन्त्रिलाई आक्षेप लगाउन खोजेको होइन यो सबै बिषय उहाँहरुकै कार्यकालमा रेकर्ड भएका बक्तब्य र तथ्यांक हुन् । 

दहि-चिउरामै रमाउने नेपाली कृषकहरुलाई रास्ट्रिय धान दिवस भनि उपलब्धि बिहिन दिवस चाहिदैन सरकार ! नेपाली चर्चित उखान ”न्याउरी मारी पछुतो” भने जस्तै कृषकले आफ्नो क्षमता अनुसार नयाँ नौलो उन्नत जातको बिउ-बिजन खोजेर, किनेर रोपेका हुन्छन तर अन्तमा बिभिन्न रोग ब्याधि लागेर बालीको सखाप । देशमै कृषकले पैसा तिरेर पनि मल नपाउँदाको पिडा सम्बन्धित मन्त्रालयमा घुम्ने कुर्सिमा पदासिन नेताले कहिले बुझ्ने ? समयमा बिउ-बिजन मल, सिचाई एबं किटनासक औषधिको जोहो समेत गर्न नसक्ने सरकारले धान दिवस मनाउनुको औचित्य छैन, दहि-चिउरामै रमाउन देउ सरकार ! 

करिब १० दिन अघि धादिंगको धार्केमा काठमाडौँ लगिदै गरेको युरिया मल लुटेर लगेको संचार माध्यममा प्रत्यक्ष भिडियो नै देखियो, यसरि मल लुटेर लग्नु किसानहरुको रहर कि बाध्यता ? सिमा-नाकाहरुमा गरिब किसानहरुले लुकाई ल्याएको १-२ बोरा मल पक्राउ गरि कार्बाही गरेको कहालीलाग्दो दृश्य देखिनु सरकारको कमजोरी होईन ? पक्कै पनि मल लुकाई ल्याउनु कानुनि रुपमा गलत हो तर उक्त बाध्यताको जिम्मेवार हाम्रै मत प्राप्त सरकार हो भन्न मलाई कुनै डर छैन ! 

कृषि तथ्यांक हेर्ने हो भने प्रत्येक बर्ष खेतिजन्य जमिन लगायत उत्पादन घट्दै गएको देखिन्छ ।  कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धानबाली लगाइन्छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ । गत वर्ष धान उत्पादन १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क देखिन्छ । देशभर कृषि योग्य तराईका ठुला फाटहरु बाझो हुदै गएका छन् । बर्सेनि छिमेकि मुलुकहरुबाट हजारौ टन अर्बौ रुपैयाको चामल आयात हुने गर्दछ ।  सरकारले आधुनिक खेति गर्नतर्फ विभिन्न तालिम र अवसरहरु प्रदान नगरेको होइन तर वास्तविक रुपमा कार्यान्यनमा ल्याउन निम्न आय स्रोत भएका कृषकहरुलाई हुने कठिनाईको समाधान गर्न तर्फ केन्द्रित हुन सकेको छैन । 

युरिया मल लुटेर लगेको संचार माध्यममा प्रत्यक्ष भिडियो नै देखियो, के यसरि मल लुटेर लग्नु किसानहरुको रहर कि बाध्यता ? सिमा-नाकाहरुमा गरिब किसानहरुले लुकाई ल्याएको १-२ बोरा मल पक्राउ गरि कार्बाही गरेको कहालीलाग्दो दृश्य देखिनु सरकारको कमजोरी होईन ? पक्कै पनि मल लुकाई ल्याउनु कानुनि रुपमा गलत हो तर उक्त बाध्यताको जिम्मेवार हाम्रै मत प्राप्त सरकार हो भन्न मलाई कुनै डर छैन ! 

कृषकहरुलाई आत्मनिर्भर र बृहत परिणाममा उत्पादनको लागि सामुहिक रुपमा आधुनिक कृषि प्रणालीको विकास गर्नु पर्ने देखिन्छ । वर्तमान समयमा कृषि क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको मनोबल उच्च राख्न तथा रास्ट्रीय स्तरमै कृषि बिज्ञहरुबाट पन्चेबर्षे वा दश बर्षे योजना बनाइनु पर्ने देखिन्छ । कृषकहरुले व्यक्तिगत रुपमा उत्पादन गर्ने क्षमतालाई सामुहिक कृषि प्रणाली मार्फत दिगो र नाफामुखी बनाउन तिर अग्रसर हुने पर्ने देखिन्छ ।

हाल देशमा अध्ययनरत युवा बर्गलाई नि:शुल्क कृषि प्राबिधिक शिक्षाको बिशेष पहल सरकारले गर्न सक्नु पर्दछ । सरकारले युवाबर्गलाई जागिरमुखी होईन व्यावसायिक शिक्षा मार्फत कृषि ब्यबसायमा लाग्न प्रेरित गर्नुपर्दछ । कृषकले उब्जाएको अन्नबालि सरकार स्वयंले किनेर वा सुरक्षित गोदाममा राख्ने ब्यबस्था गर्न सके हरेक किसानको मनोबल उच्च हुने र अझै कृषि क्षेत्रमा ठुलो लगानी गर्न बिदेशमा रहेका नेपालीहरु समेत आकर्षित हुने देखिन्छ । 

आफ्नो कृषि जमिन बाझो छोडेर सामाजिक संजालमा रमाउन छिमेकी देशहरुबाट आयातित चिउरा चपाउदै असार १५ लाई “राष्ट्रिय धान दिवस” भनि मनाउनुको भबिष्य पक्कै सुखद होईन भन्ने कुराको मनन गर्दै “माना रोपेर मुरी फलाउने” ति वास्तविक मेहेनती कृषकलाई हार्दिक धन्यबाद साथै सम्पूर्णमा दहि-चिउरा खाने दिनको शुभकामना !!!


धिरेन्द्र चन्द ठकुरी 
सुदुरपश्चिम 
d.chandthakuri67@gmail.com