धनगढीबाट अत्तरिया जाँदै गरेका २ जना लागुऔषधसहित पक्राउ


धनगढीबाट अत्तरिया जाँदै गरेका २ जना लागुऔषधसहित पक्राउ

कैलाली- कैलाली गेटाबाट लागुऔषध (खैरो हेरोईन) सहित २ जना पक्राउ परेका छन् ।

मंगलबार साँझ ७ बजेको समयमा कैलालीको गोदावरी नगरपालिका-१ का २१ बर्षीय नबिन सिं मडै र गोदावरी नगरपालिका १२ का २८ बर्षीय  जिवन खत्री पक्राउ परेका हुन्। 

लागुऔषध (खैरो हेरोईन) ओसार पसार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको सिट मुनी ३ वटा पोका बनाई राखेको अवस्थामा बरामद गरेको हो ।

२१ बर्षीय मडैको सु.प.प्र.०१-११ प-३७४७ नम्बरको मोटरसाईकल जिवन खत्रीले चलाई दुबै जना धनगढीबाट अत्तरिया तर्फ जादै गर्दा १४ ग्राम ९२७ मिली ग्राम लागुऔषध (खैरो हेरोईन) सहित गोदावरी नगरपालिका ५ गेटाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

मोटरसाईकल सहित उनीहरु दुबैलाई ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखि थप अनुसन्धान कार्य भईरहेको जानकारी प्रहरी कार्यालयले दिएको छ।