‘एफ वान इन स्कुल्स'(F1 in schools) कार्यक्रम सुरु


‘एफ वान इन स्कुल्स'(F1 in schools) कार्यक्रम सुरु

काठमाडौं । मोटर स्पोर्ट्सको विख्यात ब्राण्ड फर्मुला वानको विश्व ब्यापी अभियान अन्तर्गत नेपालमा ‘एफ वान इन स्कुल्स’ नामक कार्यक्रम सुरु भएको छ  । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले कार्यक्रमको उद्घाटन गरेका छन्।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले आइतबार प्रेस विज्ञप्ति निकाल्दै ‘एफ वान इन स्कुल्स'(F1 in schools) कार्यक्रम सुरु भएको जनाएको छ ।

नासा नेपालको आयोजनामा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपालका १० वटा इन्जिनीयरिङ, साइन्स र ब्यबस्थापन कलेजका सय जना गर्ल्सहरु सहभागी थिए । सो कार्यक्रममा दिपक थापा, मन्चन तिवारी, विपिन गौतम, आशिष लामिछाने, सुयोग खनाल लगायतले फर्मुला वान, कार्ट्स रेसिङ, स्पोर्ट्स म्यानेजमेन्ट, सडक सुरक्षा र व्यक्तित्व विकास जस्ता विषयमा अभिमुखीकरण तथा तालिम दिएका थिए ।

मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघको सहयोगमा आयोजना भयको कार्यक्रममा नासा नेपालका गोविन्द भट्टराई, नेपाल ओलम्पिक कमिटिका सदस्य रमेश सिवाकोटी, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।