लिफ्ट मागेर कार लुट्ने ३ जनालाई प्रहरीले पक्रेर गर्यो सार्वजनिक


लिफ्ट मागेर कार लुट्ने ३ जनालाई प्रहरीले पक्रेर गर्यो सार्वजनिक

धनगढीः कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो।  

भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए।

उनीहरुलाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।  केही बेर अगाडि सोही स्थानको नजिकैबाट लुटिएको कार समेत फेला परेको थियो। 
 यो पनि पढ्नुस: बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटियो 
गाडीधनी कुटपिट गरि कार लुटेर लगे: लिफ्ट मागेर चढेका थिए ३ जना