बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटियो


बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटियो

धनगढी- कैलालीको बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटिएको छ। जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलाबाट लुटिएको  प्रदेश ०१–२३–च ६०२१ नम्बरको कार प्रहरीले भेटाएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका-१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए। कञ्चनपुरको दैजी घर भएका लोकेन्द्र भण्डारी आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन्। उनले आफू भारतीय नागरिकबाट लुटिएको बताएका थिए।  

भण्डारी बुढीतोलामा बाधिँएको अवस्थामा भेटिएका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कञ्चनपुरको दैजी घर भएका कम्प्युटर अपरेटर भण्डारी महेन्द्रनगरबाट डडेल्धुरा जान हिडेका थिए। तर, गन्तव्यमा नपुग्दै उनीमाथि लुटपाट र कुटपिट भएको हो। घाइते भण्डारीलाई अहिले उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान थालेको जनाएको छ।  
गाडीधनी कुटपिट गरि कार लुटेर लगे: लिफ्ट मागेर चढेका थिए ३ जना