बदलिएको ऊ !!


बदलिएको ऊ !!
कारण उहीँ हो मेरो जिद्दिपना
लामो पर्खाईपछी कोइ आउँछ जिन्दगिमा भन्ने आश।
अनि आएपछी छाडी जान्छ कि भन्ने त्रास।
बा ले सहि भन्ने गर्थे ‘जिद्द गरेर जिन्दगीमा जित पाउदिनस छोरी’
सामान्य कुराकानी बाट सुरु भएको हाम्रो साथ बोल्ने कि नबोल्ने प्रस्न मा टुङियो।
पर्खाई होइन, केवल उसको मात्र पर्खाई प्यारो लाग्ने म!
मेरा रमाईला कुरा र जिस्किने शैली प्यारो लाग्ने उ!
छोटो समयमै यति धेरै याद भरिएका
उसको र  मेरो म्यासेज बक्स अब सुनसान छ।

आस गर्नेहरू न मन का दास बन्ने गर्छन्
उ कम बोल्थ्यो,सब्दको अभाव भएर होइन,
आउदा जिन्दगिमा नराम्रो प्रभाव नपरोस भनेर होला
म धेरै बोल्न चाहन्थे माया को आभास भएर होइन,
खास बनेकाहरु को साथ हरेक मोडहरुमा बाडिरहु भनेर
हर प्रहर हरु सुस्तरी बाच्ने गर्थे।
अहिले हर रहर हरु बिस्तारि मर्दै छन।
थाहा छ,
आज मरेका रहरहरुले भोलिको आधा जीवन बिउताउन पनि सक्छन! 
कुरेर भेटिएकाले भन्दा जुरेर भेटिएकाले खुसी दिन्छन भन्ने यो दुनियाँ अनि अर्कोतिर म !
कुरेर होकि जुरेर थाहा छैन,
तिमी सङ बोल्दा खुसी पाउथे..

थाहा छ,
आँसु झरेका बेला एक औला खास हुनेगर्छ जसले आँसु पुस्छ!!
छोटो समय मा नै खास बनेको तिमी,,,
अभाव खड्किहाल्दा आभास बन्नु
हाम्रा बर्तमान हरुले बिगत का नाम पाउने छन,
तिमी मलाई राम्रो साथिको नाम दिनु नै त भनेको थिए।
बन्द कोठाभित्र बसेर जिन्दगिको अध्यारोपन र
फिक्का सपना देख्ने हैसियत बनाउदै छु।
भुलेर मलाई एदि तिमी खुसि हुन्छौ भने सम्जिराख,
तिमिलाई भुलेर सम्हालिन म पनि सक्छु।
पाईला लाई बिर्सेर पुन अर्को पाईला बनाउन हामि दुबैले सक्नुपर्छ।।
म एकातिर अनि तिम्रो त्यो मन जस्लाई थाहा छैन म कस्तो लाग्छ,
तर सम्झिरहनु …सम्झौतामा अनि बाध्यतामा कुनै पनि सम्बन्ध मजबुत बन्दैन।

हामीले हाम्रो बेनामको सम्बन्धलाई मजबुत बनाउनु थियो आफुलाई मजबुर होइन,
च्याटमा गरिएका कुराहरु हामी दुबैको मनसम्म पुगेनन
तर एक्कैछिनको खुसी अवस्य दिएको थियो।
ती  सुनौलो अक्षरहरु औंलाको टुप्पोमा मात्र सिमित भए होलान 
तर यादमा पनि कैद भएछ थाहा नै नपाई !

अभावमा याद बन्न सफल भयौ तर
आभास बनेर कहिले आएनौ,
मेरो पर्खाईलाई भुलिदेउ..

मेरो यादहरु तिमिलाई दुख दिन चाहदैनथे साएद!!
भविस्य को धेरै चिन्ता गर्ने तिम्ले जीवन कस्तो बनायौ ??
अनि एउटा कुरा, न त साथी नाम दियौ न त अरु केही को नै..
अब मेरो मनलाई तिमी मेरो लागि के हौ भन्ने बुझाएर
तिम्रा ती यादहरु पनि संगै लैजानु है।।
शून्य भएका मेसेज बक्स भन्दा अलग बनाउनु छ
सुन्यता बाट सुरु भएको जिवन
आज न त तिमी म सङ छौ नत हाम्रो त्यो जीवन
जहाँ केहि पलको लागि हामी एकार्काको कोहि भएका थियौ!!
जहाँ अनि जो सङ छौ, खुसी हुनु मेरा पाईलाहरुले त लाआयौ
आशा छ अब को फट्कोमा तिम्रा यादहरु पनि मेटिनेछ!!


पुजा गजुरेल
बेलकोटगढी-९, नुवाकोट