एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीय- चिन प्रबक्ता वाङ वेनबिन


एसपीपी अस्वीकार गर्ने नेपालको निर्णय प्रशंसनीय- चिन प्रबक्ता वाङ वेनबिन

काठमाडौं- चीनले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेर नेपालले प्रशंसनीय काम गरेको टिप्पणी गरेको छ । 

बिहीबार नियमित पत्रकार सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले एसपीपी अस्वीकार गर्ने नेपालको निर्णयको चीनले प्रशंसा गर्ने बताए ।

“नेपालको ‍रणनीतिक साझेदार मित्र र निकट छमेकी भएको नाताले चीन नेपाल सरकारले गरेको निर्णयको प्रशंसा गर्छ । चीन नेपालको सार्वभौमसत्ता, स्वाधिनता र भौगोलिक अखण्डताको सम्मान गर्छ । र, नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिको प्रतिबद्धतामा चीन निरन्तर सहयोग गरिरहन्छ,” प्रवक्ता वाङले भनेका छन् ।