भारतीय अभिनेता अनुपम खेर पुनः काठमाडौँमा, ‘असफलताको शक्ति’ मोटिभेसनल स्पिच दिए


भारतीय अभिनेता अनुपम खेर पुनः काठमाडौँमा, ‘असफलताको शक्ति’ मोटिभेसनल स्पिच दिए

काठमाडौं । बलिउड अभिनेता अनुपम खेर यतिबेला नेपालमा छन् । पछिल्लो पटक चलचित्र ‘उचाइ’ को छायांकनका लागि नेपाल आइपुगेका खेरले पशुपतिनाथ दर्शन गरेका थिए । 

यसपटक पनि उनी पशुपतिनाथ मन्दिर दर्शनका लागि पुगेका छन् । अनुपम पशुपतिनाथको मन्दिर पुग्दा उर्जा मिल्ने बताउँछन्, “नमस्ते साथीहरू आज फेरि एकपटक मलाई काठमाडौंको भगवान पशुपतिनाथको मन्दिरमा दर्शन गर्ने मौका मिल्यो । यहाँ हजारौं वर्ष पुरानो शिवलिंग छ, यहाँ आउँदा मनलाई आनन्द अनि उर्जा पनि मिल्छ । दर्शनार्थीहरूको भिड, जय भोलेनाथ भन्दै पुकार्दै गरेको सुन्दा आनन्द आउँछ । मैले यहाँहरुको लागि पनि प्रार्थना गरेको छु ।” 

अनुपम खेर तीन दिनअघि नेपाल आएका थिए । उनी मोटिभेसनल लेक्चर दिनका लागि नेपाल आएका हुन् । उनले हायात होटलमा ‘असफलताको शक्ति’ विषयमा मोटिभेसनल स्पिच दिएका हुन् ।