बौद्धबाट ४.९ किलो हेरोइनसहित तीन विदेशी र एक नेपाली पक्राउ, अपरेसन ह्वाइट डस्ट


बौद्धबाट ४.९ किलो हेरोइनसहित तीन विदेशी र एक नेपाली पक्राउ, अपरेसन ह्वाइट डस्ट

काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ४.९ किलो हेरोइनसहित तीन विदेशी र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । 

एक तान्जियन नागरिक, दुई भारतीय र एकजना नेपाली पक्राउ गरेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए। 

ब्युरोले केही समयअघि अपरेसन ह्वाइट डस्ट सञ्चालन गरेको थियो। यो अपरेसन सञ्चालन गर्दा प्रहरीले अहिलेसम्मकै सबभन्दा धेरै हेरोइन बरामद गरेको हो। 

प्रहरीले सात जना दक्षिण अफ्रिकी नागरिकबाट ५१ किलो हेरोइन बरामद गरेको थियो। ४९ किलो सेतो र दुई किलो खैरो हेरोइन बरामद भएको हो।

अहिले पक्राउ पर्नेहरू पनि त्यसैको निरन्तरता भएको ब्युरोले जनाएको छ। 

प्रहरीले उनीहरूलाई गत जेठ २ गते नै पक्राउ गरेको थियो। तर यसबारे सार्वजनिक गरेको भने थिएन।

फ्लाई दुबईको उडानबाट दक्षिण अफ्रिकास्थित जोहानसबर्गबाट जेठ २ गते बिहान पौने ९ बजे एक तान्जानियन नागरिक काठमाडौं आइपुगेका थिए। 

३० वर्षीय अब्दल्लाह अबुलिकी भन्ने व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि उनीमाथि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै निगरानीमा राख्यो। पर्सा वीरगन्ज महानगरपालिका-१३ का ३० वर्षीय बिक्की रौनियार पक्राउ परेका हुन्।

त्यसपछि प्रहरीले सोही दिन काठमाडौं महानगरपालिका-६ स्थित बौद्धको एक होटलबाट उनलाई नियन्त्रणमा लियो। उनले सुटकेशभित्र फल्सबटम बनाएर ४ किलो ९०० ग्राम हेरोइन लुकाएर ल्याएको अवस्थामा फेला पारेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।  

यही असार २ गते फ्लाई दुबईको उडानबाट जोहानेसवर्ग (दक्षिण अफ्रिका)–दुबई हुँदै काठमाडौं अवतरण भएका तान्जानियन नागरिकको साथबाट सो लागुऔषध बरामद गरिएको हो ।

ब्युरोका अनुसार उनको गतिविधि शंकास्पद देखिएपछि निगरानी गर्दै जाने क्रममा बौद्धस्थित एक होटेलबाट उनले ल्याएको सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटममा चार किलो ९०० ग्राम हेरोइन फेला पारी पक्राउ गरिएको हो ।