“महाकवि देवकोटा पुरस्कार २०७८” प्राप्त स्रस्टाहरुमा हार्दिक बधाई !!


“महाकवि देवकोटा पुरस्कार २०७८” प्राप्त स्रस्टाहरुमा हार्दिक बधाई !!

काठमाडौँ- नेपाल सरकार, संस्कृृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पाँच जना साहित्यकारहरुलाई “महाकबी  देवकोटा पुरस्कार २०७८” द्वारा सम्मान गर्ने निर्णय गरेको छ ।

उक्त मन्त्रालयले संस्कृति प्रबर्दन कार्यक्रम अन्तर्गत नेपाली साहित्य विधाका पाँच जना उत्कृस्ट स्रस्टाहरु छनौट गरेको छ । 

“महाकवि देवकोटा पुरस्कार २०७८” को गद्याख्यान एबं नाटक विधाबाट कैलालीका डा. पुष्करराज भट्ट, कविता एबं काब्य विधाबाट काठमाडौँका डा. बेन्जु शर्मा, निबन्ध एबं समालोचना विधाबाट तनहुका श्री रामकुमार श्रेष्ठ(राम बिनय), बालसाहित्य र लोकसाहित्य विधाबाट काठमाडौँका बिजय चालिसे साथै भाषासाहित्य विधाबाट डडेलधुराका श्री आर. डी. प्रभास चटौत छनौटमा परेका हुन् ।

मन्त्रालयले प्रेस बिज्ञप्ति जारि गरि उक्त पुरस्कार दिने निर्णय गरेको जानकारी गराएको छ । 

No photo description available.