रवि लामिछानेको पार्टीको नाम– राष्ट्रिय स्वतन्त्र पार्टी


रवि लामिछानेको पार्टीको नाम– राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफू व्यवस्था परिवर्तन गर्न नआएको स्पष्ट पारेका छन् । आफ्नो राजनीतिक कार्यक्रमका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन् । उनले एक कार्यक्रममार्फत पार्टीको नाम घोषणा गरेका छन् ।

“म व्यवस्था परिवर्तन गर्न आएको होइन । कुनै पनि व्यवस्थाले नागरिकको अवस्था बदल्न सक्छ,” उनले भने । लामिछानेले कुनै पनि दलमा प्रवेश गर्न नआएको बताए ।