पेट्रोलियम मूल्य पुनः बढ्यो: पेट्रोल १९९ रुपैयाँ, डिजेल र मट्टितेलको पुग्यो १९२


पेट्रोलियम मूल्य पुनः बढ्यो: पेट्रोल १९९ रुपैयाँ, डिजेल र मट्टितेलको पुग्यो १९२

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । 

पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।  

हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ । 

“निगमलाई मासिक रूपमा अझै करिब ४ अर्ब ७० करोड घाटा नै रही असार मसान्तसम्मा करिब ५० देखि ५५ अर्ब रुपैयाँ नोक्सानी हुने स्थिति देखिएको छ,” आइतबार राति नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  बढेकाे मूल्य आइतबार राति १२ बजेदेिख लागू हुनेछ ।