रवि लामिछानेका दाजु पनि चुनाव उठ्ने, काठमाडौं ३ का उम्मेदवार


रवि लामिछानेका दाजु पनि चुनाव उठ्ने, काठमाडौं ३ का उम्मेदवार

काठमाडौँ- रवि लामिछानेका दाजु हरिशरण लामिछाने संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । 

हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वाचन क्षेत्र कायम गरिनेछ ।  मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने समझदारी भएको सबैमा जानकारी गराउँदछु,’ हरिशरणले घोषणा गरेका छन, ‘सम्भवत काठमाडौं–१ मा पुकार बम, ५ मा रञ्जु दर्शना र ८ मा सुमन सायमीले स्वतन्त्र प्रतिस्पर्धा गर्नुहुनेछ ।’

काठमाडौंबाहेक अन्यत्र पनि उम्मेदवार घोषणा गर्ने लामिछानेले जनाएका छन् । ‘काठमाडौं बाहिर विश्व साइकल यात्री पुष्कर शाहले दोलखाबाट प्रतिस्पर्धा गर्नुहुनेछ बाँकी कुरा यही १७ र १८ असारमा राष्ट्रिय भेलाले तय गर्नेछ,’ हरिशरणले भनेका छन् । उनीसँग पनि लामो समय रेडियो पत्रकारिताको अनुभव छ । 

रवि लामिछानेले ७ असारमा राष्ट्रियसभा गृहमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्नेछन् ।