उडिरहेको विमानमा आगो लाग्यो, पटनामा आकस्मिक अवतरण


उडिरहेको विमानमा आगो लाग्यो, पटनामा आकस्मिक अवतरण

एजेन्सी- बिहारको राजधानी पटनामा आइतबार विमान स्पाइस जेटको विमान आकस्मिक अवतरण गरिएको छ । पटनाबाट दिल्ली उडान भरेको विमानमा १८५ यात्रु सवार थिए । 

उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको बिबिसी हिन्दीले जनाएको छ।

पटनाका डीएमले विमानका सबै यात्रु सकुशल रहेको सञ्चारमाध्यमले बताएका छन् । विमानको देब्रे पखेटामा आगो लागेको हो । मानिसहरूले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए ।

उनले अहिले विमानमा प्राविधिक गडबडीका कारण आगो लागेको हुन सक्ने जनाइएको छ । विमानबारे इन्जिनियरिङ टोलीले अनुसन्धान सुरु गरेको छ ।