अलौकिक माता सबिता आचार्यको युएई भ्रमण


अलौकिक माता सबिता आचार्यको युएई भ्रमण

युएई- नेपालमा रही भबिस्यबाणी गर्दै आउनु भएकी अलौकिक दिब्यशक्ति प्राप्त माता सबिता आचार्यले हालै युएई भ्रमण गर्नुभएको छ । 

नेपालमा उहाँले विभिन्न नेता साथै रास्ट्रिय कलाकारहरु समेतको भबिष्यबाणी गरिसकेको बताउनु भएको छ । माता आचार्यले नेपालका पूर्ब प्रधानमन्त्रीहरु सबैसंग भेट गरि देशको भविष्यको बारेमा सुझाब समेत दिनु भएको बताउनु भयो । माता आचार्यले पूर्ब राजा ज्ञानेन्द्र शाह लगायत प्रमुख व्यक्तित्वहरुसंग भेट गरि सल्लाह सुझाब दिनुभएको उहाँका सहयोगीले बताउनु भयो। 

युएईमा रहेका उहाँका भक्तजन एबं सयौ मित्रहरुको आग्रहलाई स्वीकार्दै करिब एक महिना भ्रमण गर्नुभएको छ । युएइमा रहदा दुबई, अबुधाबी, शारजहाँ लगाएत प्रमुख ठाउँहरु भ्रमण गर्नुभएको छ । 

युएईमा उहाँको तेस्रो पटक भ्रमण रहेको बताउनु भएको छ । युएईमा रहदा धेरै नेपाली सर्बसाधारण एबं नेपाली ब्यबसायी साथै अन्य देशका मित्रहरु समेत बिस्वासका साथ भेट गर्न आएको जनाउनु भएको छ ।

माता आचार्यले विश्वका अधिकांस सम्पन्न देशहरु भ्रमण गरिसकेतापनि युएई उहालाई असाध्यै मन परेको बताउनु भयो ।