प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान, असार १३ मा अमेरिका जाने


प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान, असार १३ मा अमेरिका जाने

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्मा लेवनान प्रस्थान गरेका छन्। प्रधानसेनापति शर्मा शनिबार द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनका बारेमा जानकारी लिन लेवनान गएका हुन्।   

शर्माको टोलीमा नेपाल सरकारका रक्षा सचिवसहित ७ जना रहेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भि.आई.पि. कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका हुन्।

‘प्रधान सेनापति महारथी शर्मा लगायतको भ्रमणदलले असार ०४ गतेदेखि असार १० गतेसम्म संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेवनानस्थित युएनआएएफआइएल मिसन र तत्पश्चात सिरियास्थित युनएनडिओएफ मिसनको निरीक्षण भ्रमण गरी विविध पक्षहरुका बारेमा जानकारी लिनेछन्’, विज्ञप्तिमा भनिएको छ, ‘उनले लेवनान, सिरिया, युएनआएएफआइएल मिसन र युनएनडिओएफ मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने छन्।’

शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए । शर्माले सिरिया स्थित UNDOF को निरीक्षण गरी उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुको बारेमा जानकारी लिनेछन् ।

भ्रमणको क्रममा प्रधान सेनापति शर्माले लेबनान र सिरियाका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट कार्यक्रम रहेको छ । शर्मासहितको टोली आगामी असार १० गते स्वदेश फर्कने कार्यक्रम छ ।

लेवनान भ्रमणपश्चात प्रधान सेनापति शर्माको ५ सदस्यीय टोली अमेरिका भ्रमणमा जाने छन्। उनीसहितको टोलीले असार १३ गतेदेखि असार १७ गतेसम्म ५  दिन अमेरिकाको औपचारिक भ्रमण गर्ने तय भएको छ।