मज्जा बैग्लै


मज्जा बैग्लै

जनताले नोट सगँ भोट साटनुको मज्जा बैग्लै छ
नेताले पैसा संग देश साट्नुको मज्जा नै बैग्लै छ।।

चुनावमा जनताको खुट्टा ढोगि भोट माग्नु मज्जा बेग्लै छ
जितेपछि अकुत सम्पति कमाई मोजमा रम्नुसंग मज्जा बैग्लै छ।।

जनता अगाडी भाषण छाँटनुको मज्जा बेग्लै छ
उखानमै किन नहोस  बिरोधी झाँटनुको मज्जा बेग्लै छ।।

कोशी , कर्णाली  र महाकाली  बेचेरै  भए पनि 
राष्ट्रवादी भै जनतालाई ढाँटनुको मज्जा बेग्लै छ ।।

खोलाले बगाएछ भनि दशगजा पिलर  फ्याकेर
सत्रु संग आघात मित्रता बाँढनुको मज्जा बेग्लै छ।।

कालापानी , लिपुलेक  र तराईका  सिमाना संग
नपढि बिद्यावारीधि पदवि साटनुको मज्जा बेग्लै छ।।

राष्ट्रबादी जनता कराउदै गर्छन्  सडक-सडकमा
ठूला राष्ट्रको दान बाकस चाटनुको मज्जा बेग्लै छ।।

 देशमा आर्थिक मन्दीलागिरहदा पनि हेलिकप्टर 
चढेर आमसभामा सम्बोधन  गर्न जानुको मज्जा बैग्लै छ
जनता मरून या बाँचुन नेता भई
सानदार जीवन ज्युनुको मज्जा बैग्लै छ।।

म जे देख्छु ,तेहि लेख्छु, मेरो पनि लेखाईको मज्जा बेग्लै छ।
के गर्नु र यार मेरो पनि लेखाईको मज्जा बेग्लै छ ।।


रुपेश कुमार कार्की (बद्रि प्रयास)