हिउँ चितुवाको छालासहित काठ्माडौँमा तीनजना पक्राउ


हिउँ चितुवाको छालासहित काठ्माडौँमा तीनजना पक्राउ

काठमाडौं ।
काठमाडौंको टोखा नगरपालिका–१० गंगोबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीनजना पक्राउ परेका छन् ।

धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङ का ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–६ आरुबोटे का ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले पक्राउ परेका हुन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाएर बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको हो ।