सरकारले पैसा नदिदा शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा बन्द, दैनिक ५ सय बिरामी प्रभावित


सरकारले पैसा नदिदा शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा बन्द, दैनिक ५ सय बिरामी प्रभावित

काठमाडौं- त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्रगत दिँदै आएको सुविधा स्थगित गरेको छ।

सरकारले बिमितहरुको उपचार गरे बापतको दिनुपर्ने रकम भुक्तानी नगरेपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हो ।

२०७७ मंसिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

शिक्षण अस्पताल स्वास्थ्य बिमा अन्तरगत दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।