पछिल्लो २४ घन्टामा थप ३४ जनामा कोरोना संक्रमण


पछिल्लो २४ घन्टामा थप ३४ जनामा कोरोना संक्रमण

काठमाडौं । शुक्रबार नेपालमा थप ३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय १० पीसिआर र एन्टीजेन परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मृत्युदर भने शुन्य छ ।

सोही अवधिमा १५ जना कोरोना मुक्त भएका छन् । हाल कोरोना सक्रिय संक्रमित संख्या १ सय ४ रहेको छ । पछिल्लो २४ घन्टामा १ लाख ५२ हजार ३३७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।